sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » जबरजस्ती करणी गर्न खोज्ने प्रहरी सहायक निरीक्षक पक्राउ

कात्तिक–१३ । स्थानीय एक युवतीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । मानसिक सन्तुलन गुमाएकी १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरी चौकी बाराहापोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्रप्रसाद यादव पक्राउ परेका हुन् ।

राती सुतीरहेकी युवतीलाई कोठामै गएर जबरजस्ती करणी गर्न खोज्ने प्रहरी सहायक निरीक्षक यादवविरुद्ध आफन्तले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो । उजुरीपछि सोमबार पक्राउ परेका उनलाई थप कारबाहीका लागि अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको दाहालको भनाइ छ ।

आफन्तका अनुसार उनले गत आइतबार राती युवतीमाथि जबरजस्ती करणी गर्न खोजेका थिए । मिलको फित्ताले बेरेर मानसिक सन्तुलन गुमाएकी युवतीमाथि उनले जबरजस्ती करणी गर्न खोजेपछि चिच्याउँदा आफूहरुले थाहा पाएको आफन्तले दिएको उजुरीमा उल्लेख छ ।

उनीविरुद्ध जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा दर्ता गरेर कारबाही गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनले नेपाल प्रहरीको मर्यादा विपरित काम गरेकाले हदैसम्मको कारबाही हुनेछ ।’

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post