sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा अपरीचित वृद्धको झुण्डिएको अवस्थामा शव फेला

कात्तिक ६ । झुण्डिएको अवस्थामा अपरीचित एक वृद्धको शव फेला परेको छ । जिल्लाको दक्षिणी गाविस खोटाङबजार–५ मा मंगोलियन अनुहारका ६०/६५ वर्षको वृद्धको शव फेला परेको हो ।

केहीदिनअघि झुण्डिएर आत्महत्या गरेका वृद्धको शव स्थानीयबासीले बिहीबार फेला पारेको प्रहरीले जनाएको छ । उनी यसअघि डोकोमा खुद्रा सामान बिक्री गर्दै गाउँ डुल्ने गरेको स्थानीयको भनाइ छ ।

मृत अवस्थामा फेला परेका वृद्धको डोको र खुद्रा सामान समेत सोही रुखको फेदमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनले गरीबिको पीडा खप्न नसकेर आत्महत्या गरेको हुनसक्छ ।’

उनको शव पहिचानका लागि मातहतका प्रहरी परिचालन गरिएको खरेलले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post