sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » पिसाव गर्न जाँदा भीरबाट लडेर ज्यान गयो

खोटाङ, मंसिर १ । भीरबाट लडेर खोटाङमा एक पुरुषको ज्यान गएको छ । बाहुनीडाँडा–४ स्थित राँगाकाटे भीरबाट लडेर सोमबार रतन्छा–३ का ४९ वर्षीय देशमान राईको ज्यान गएको हो ।

पिसाव फेर्न जाँदा भीरबाट चिप्लिएर तीन सय मिटर तल खसेका राईको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दिक्तेल–जयरामघाट सडक अन्तरगत बाहनीडाँडाको राँगाकाटेबाट बस चढेर घर आउने तयारी गरेका राई पिसाव गर्न जाँदा भीरबाट खसेको स्थानीय नबिन राईले जानकारी दिनुभयो ।

क्रिस्चियन धर्मावलम्बीको पाश्चरलाई भेटगरी घर पुगेर गाउँ फर्कनेक्रममा राईको लडेर ज्यान गएको स्थानीयले बताएका छन् ।

मृतकको शव गाउँमा ल्याएर सोमबार नै दाह–संस्कार गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post