sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङका लिच्कीराम्चे पूर्ण साक्षर गाबिस घोषणा

खोटाङ, मंसिर १४ । खोटाङको लिच्कीराम्चे गाबिसलाई पूर्ण साक्षर गाबिस घोषणा गरिएको छ । ७०३ घरधुरी रहेको गाबिसका सबै निरक्षर सर्वसाधारण साक्षर बनेपछि लिच्कीराम्चेलाई शनिबार पूर्ण साक्षर गाबिस घोषणा गरिएको हो । 

औपचारिक शिक्षाबाट बञ्चित बनेका बालबालिका तथा प्रौढहरु साक्षर बनेपछि गाबिसलाई साक्षर गाबिस घोषणा गरिएको जिल्ला कार्यालय खोटाङले जनाएको छ । सभाषद बिशाल भट्टराई, पूर्वसभषद दुर्गाजयन्ती राई, जिल्ला स्तरीय नेता, कार्यालय प्रमूख, पत्रकार लगायतको उस्थितिमा लिच्कीराम्चेलाई साक्षर गाबिस घोषणा गरिएको हो । यसअघि हौंचुर गाबिस जिल्लाकै पहिलो साक्षर गाबिस घोषणा भइसकेका छन् । 

२०६७ सालदेखि सञ्चालन गरिएको साक्षर अभियान नेपाल अन्तरगत गाबिसका निरक्षर नागरिक एकदेखि सय अंक लेख्न र भन्न, आम्दानी र खर्चको बिबरण राख्न, बैंक भौचर भर्न, मोवाइल चलाउन र क्यालकुलेटर चलाउन, सभासमारोहमा गएर बोल्न सक्ने बनेपछि लिच्कीराम्चेलाई साक्षर गाबिस घोषणा गरिएको गाबिस सचिब नेत्रराज कार्कीले बताउनुभयो । सबै निरक्षर नागरिक कम्तीमा नेपाली वा मातृभाषामा लेखिएका शव्द, वाक्य, सामान्य लिखत पढ्न, दैनिक जीवनयापनकाक्रममा आवश्यक अंक गणितीय हिसाव गर्न सक्षम बनेको लगायतका मापदण्डका आधारमा गाबिसलाई साक्षर गाबिस घोषणा गर्ने गरिएको छ । 

यसैबीच, गाबिसका सबै घरमा चर्पी निर्माण तथा प्रयोग सुरु भएपछि लिच्कीराम्चे गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । ७०३ घरधुरीमा पक्की चर्पीको निर्माण तथा प्रयोग सुरुभएपछि गाबिसलाई साक्षर गाबिसका साथमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post