sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » लफ्याङ महिला समुहद्धारा सभाषद सम्मानित

खोटाङ, कार्तिक २२ । खोटाङ लफ्याङका महिला समुहले सभाषद सरस्वती बजीमयलाई सम्मान गरेको छ ।

जिल्लाकै एक मात्र महिला सभाषदकारुपमा संविधानसभामा प्रतिनिधित्व गर्न पुगेकी सभाषद बजीमयलाई स्थानीय सुम्नीमा महिला सशक्तीकरण महिला समुहमा आवद्ध महिलाले शनिबार गाउँमै बोलाएर फूल माला र अबीर लगाइदिएर सम्मान गरेको हो ।

दिक्तेल नगरपालिका–१०, ११ र १२ का महिलाले आधा आकाश ओगटेका महिलाको प्रतिनिधित्व गरेकोमा सभाषद बजीमयलाई बधाई दिँदै महिलामैत्री संबिधान निर्माणका लागि महत्वपूर्ण भूमीका निभाउन ध्यानाकर्षण गराएका छन् । समुहमा आवद्ध महिलाले आफ्नो प्रतिनिधित्व गरेकोमा खुसी लागेको बताउँदै संबिधानसभामार्फत तोकिएको समयमा महिलाकोपक्षमा संबिधान निर्माणका लागि नचुक्न आग्रह गरेका छन् । महिलाले फूलको मालाको माध्यामबाट आफ्नो पक्षमा संबिधान निर्माणका लागि प्रतिकात्मक आग्रह गरेको सुम्नीमा महिला सशक्तीकरण महिला समुहकी अध्यक्ष संगीता राईले बताउनुभयो ।

सम्मान कार्यक्रममा महिलाको आवाज संबिधानसभासम्म पु¥याउन महिला सभाषदमार्फत सहज हुने महिला नेतृ रामकुमारी राईले उल्लेख गर्नुभयो । ‘आफ्नो मान्छे, आफ्नो सभाषदमार्फत आफ्नो आवाज मुखरित गर्न जति सहज हुन्छ, अरुबाट उत्तिकै असहज हुन्छ,’ नेपाल महिला संघ खोटाङकी कार्यबाहक अध्यक्ष रहकी राईले भन्नुभयो, ‘जिल्लाबाट हाम्रो आवाज संबिधानसभा पु¥याउन एक मात्र महिला सभाषद पाएका छौँ ।’

समुहले निर्माण गरेको नयाँ भवन व्यवस्थापनका लागि सभाषद बजीमयले २५ हजार सहयोग गर्ने बचन दिनुभएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post