sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भुल्केमा मेला

खोटाङ, कार्तिक २१ । खोटाङको धार्मिक तथा पर्यटकीय स्थल भुल्केमा मेला लागेको छ । नेर्पा–५ मा पर्ने भुल्केस्थित भुलभुले दुधकुण्ड देउधाममा कार्तिक पुर्णीमाको अवशरमा बिहिबार भव्य मेला लागेको हो । 

वर्षमा एक पटक लाग्ने मेला भर्न र दर्शन गर्न जिल्लाका दिक्तेल, खार्मी, दोर्पा, रतन्छा, लफ्याङ, बाम्राङ, बाँझेच्यानडाँडा, मात्तिम लगायतका गाबिसका स्थानीय भुल्के आएका देउधाम व्यवस्थापन समितिका अध्यक्ष प्रतापसिं राईले बताउनुभयो । एक दिने मेलाका कारण केरा, अम्बा, सुन्तला, कागती, बदाम लगायतका स्थानीय उत्पादनले वर्षमा एक पटक मूल्या पाउने अवशर जुटाएको बजार व्यवस्थापन समितिले जनाएको छ ।

प्रचार–प्रसारको अभावमा ओझेलमा परेको देउधाममा कार्तिक पूर्णीमा बाहेक रामनवमी, ऋषितर्पणी, नागपञ्चमीका दिन पनि पूजा आजा गर्ने दर्शनार्थीको भीड लाग्ने गरेको छ । कार्तिक पुर्णीमाका दिन सो स्थानमा ढ्याङग्रो र झ्याम्टा बजाउदै दिनभर धामीहरु नाच्ने गर्छन् । किरात र हिन्दुधर्मावलम्बीको धार्मिकस्थलका रुपमा रहेको भुल्केमा शिब, गणेश, बुढानिलकण्ठ, तीनकन्य जालपादेबी, सिद्धसिकारी र एलम्बरको पूजाआजा गर्ने व्यवस्था छ । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने भुल्केमा भोजपुर, धनकुटाका स्थानीयले समेत देउधामको दर्शन गर्नेगरेका छन् । 

परापुर्व कालदेखि जलकन्य देबीको पूजाआजा गरिँदैआइएको भुल्केको धार्मिक पर्यटन प्रबद्र्धनका लागि २०४५ सालमा देबस्थलकारुपमा बिकास गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । देउधामकोरुपमा बिकास गरिएसँगै भुल्केमा शिबजीको मन्दीर, पोखरी, सात ढुंगे धारा निर्माणका काम गरिएको हो । सुरुका समय सानो मेला लाग्ने भुल्केमा २०४५ सालबाटै ठूलो मेला लगाउन थालिएको समितिले जनाएको छ । पर्यटनको प्रचुर सम्भावना भएपनि प्रचार प्रसारको अभावमा भुल्केस्थित देउधाम ओझेलमा परेको स्थानीय युवा नेता दिलचक्र राईले बताउनुभयो । भुल्केको धार्मिक तथा पर्यटकीय बिकासकालागि गुरुयोजना अनिवार्य बनेको राईको भनाई छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post