sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » सडक दुर्घटना न्यूनीकरणका लागि ‘अशल चालक’ घोषणा

खोटाङ, मंसिर १२ । बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले खोटाङमा ‘महिनाको अशल चालक’ घोषणा सुरु गरेको छ ।

यात्रुबाहक तथा मालबाहक सवारी साधन चलाउने चालकलाई पेशाप्रति जिम्मेवार बनाउन ट्राफिक प्रहरीले ना ४ ख ४२०१ नम्बरको बसका चालक रुपचन्द्र रानामगरलाई जिल्लाकै पहिलो ‘सेफ दी ड्राईभर मन्थ’ घोषणा गरेको छ ।

यातायात व्यवसायी संघ र यातायात मजदुर संगठनको सहयोग र सिफारिसमा ट्राफिक प्रहरीले रानामगरलाई महिनाको उत्कृष्ट चालक चयन गरेको जनाएको छ । जिल्लामा सञ्चालित २४ वटा बस, २२ वटा जीप, ४० वटा ट्याक्टर, उत्तिकै संख्यामा रहेका ट्रकका चालकलाई उछिन्दै रानामगर उत्कृष्ट चालक छानिएका हुन् ।

अशल चालकलाई प्रोत्साहित गर्दै अन्य चालकलाई सडक दुर्घटना कम गर्नप्रति जिम्मेवार बनाउन ‘सेफ दी ड्राईभर मन्थ’ घोषणा गर्न थालिएको ट्राफिक प्रहरी सहायक निरिक्षक तेजबहादुर बस्नेतले बताउनुभयो । चालकलाई ट्राफिक नियमका विषयमा जिम्मेवार बनाउन हरेक महिना ‘सेफ दी ड्राईभर मन्थ’ घोषणा गरिने बस्नेतले जानकारी दिए ।

ट्राफिक नियमलाई कडाईकासाथ पालना गर्ने, सुरक्षित तरिकाले सवारी साधन चलाउने, मादक पदार्थ र धुम्रपान सेवन गर्ने, सवारी साधन चलाइरहेकोबेला कम बोल्ने, जिम्मेवार, कर्तव्यनिष्ठ, इमान्दारीता लगायतका आधारमा ‘सेफ दी ड्राईभर मन्थ’ चयन गरिने ट्राफिक प्रहरीले बताएको छ ।

महिनामा उत्कृष्ट छानिएका चालकको नाम ट्राफिक प्रहरीको क्षेत्रीय कार्यालय इटहरीमा पठाइने जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post