sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » छोरम्बु गाविसलाई खोटाङको नवौं खुल्ला दिशामुक्त क्षेत्र घोषणा

मंसिर ४ । छोरम्बु गाबिसलाई खोटाङको नवौं खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । गाविसका सबै ४६५ घरमा पक्की शौचालय निर्माण र प्रयोग सुरु भएपछि छोरम्बुलाई बुधबार खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । 

विश्व शौचालय दिवसको अवशरमा प्रमुख जिल्ला अधिकारी एबं खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सल्लाहकार गोबिन्द सापकोटाले छोरम्बुलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका हुन् ।

खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयको सहयोग तथा स्थानीयबासीको क्रियासिलतामा गाबिसमा वाटरशिल चर्पी निर्माण अभियान सफल भएको खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सदस्य सचिव एबं खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयका प्रमुख देबेन्द्र झाले जानकारी दिए । 

राजनैतिक दल, सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, बुद्धिजिबी, स्थानीयको उपस्थितिमा गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । यसअघि जिल्लाका नुनथला, जालपा, बाकाचोल, दिप्सुङ, खिदिमा, नेर्पा, लफ्याङ र हौंचुर गाबिस खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेका छन् । 

खोटाङलाई आगामी चैत्र मसान्तसम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको छ । ७२ गाबिस र एक नगरपालिका रहेको जिल्लामा ४२ हजार ६४७ घरधुरीमध्ये अझै १५ हजार ६३० घरधुरीमा चर्पी निर्माण गर्न बाँकी रहेको खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयले जनाएको छ । 

जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नका लागि ‘सबै किसिमका पहल कदमी चाल्न’ मंसिर–१ गते सार्वजनिक अपिल समेत गरिएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post