sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » खोटाङमा नियम विपरित ट्याक्टर सञ्चालन

नियम विपरित ढालाभन्दा अग्लो सामान राखेर ट्याक्टरमा सामान भित्र्याइदै ।
मंसिर १७ । जिल्लामा मालवाहक सवारी साधनमा ढालाभन्दा अग्लो सामान बोक्न कडाइ  गरिएपनि कार्यान्वयन हुन सकेको छैन । 

सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले ट्याक्टर लगायतका मालवाह सवारी साधनमा ढाला भन्दामाथि सामान राखेर चलाउन नपाउने नियम बनाएपनि कार्यान्वयन हुन नसकेको हो ।

प्रहरीको निर्देशन बिपरित सदरमुकाम दिक्तेलमै ढालाभन्दा माथि सामान राखेर मालवाहक सवारी साधन चलाएको पाइएको छ । दिनको समयमा कडाइ गरिएपनि रातको समयमा ढालाभन्दामाथि सामान ल्याउने गरेको ट्राफिक प्रहरी सहायक निरीक्षक तेजबहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुर्घटना न्युनिकरण गर्न ढालाभन्दा अग्लो सामान बोक्ने मालवाहक साधनको ‘एङ्गल’ हटाउन थालेपनि लुकीछिपी सामान बोक्ने गरेको पाइएको छ, यसलाई बिस्तारै छानीछानी कारबाही गरिनेछ ।’ 

ट्राफिक प्रहरीले जिल्लामा एङ्गल थपेर चलाउने  ३५ वटा ट्याक्टरको  एङ्गल काटीसकेको छ भने क्षेमता भन्दा बढी सामान बोक्ने २२ वटा मालवाहक साधनलाई कारबाही गरिसकेको जनाएको छ । कारबाहीमा पर्ने सवारी साधनलाई  पाँच सयका दरले जरीवाना लिने गरिएको बस्नेतको भनाइ छ । 

व्यवसायीले धेरै सामान अटाउनका लागि ट्याक्टरमा ढाला पछाडि ‘एङगल’ जोड्ने र  ढालाभन्दा अग्लो सामान राखेर चलाउने गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post