sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बलात्कार गरेर फरार युवालाई दश वर्ष कैंद र ५० हजार जरिवाना

मंसिर–२७, स्थानीय आठ वर्षीया बालिकालाई बलात्कार गरेर फरार रहेका एक युवालाई जिल्ला अदालत खोटाङले दश वर्ष कैंद र ५० हजार जरिवाना तोकेको छ । २०६६ साल असार–२३ गते शारीरिक र मानसिकरुपमा अशक्त बालिकालाई बलात्कार गरेर फरार रहेका मात्तिम–२ का २२ वर्षीय तेजबहादुर राईलाई जिल्ला न्यायाधिस ईश्वरीप्रसाद गौतमको एकल इलजासले दश वर्ष कैंद र जरिवानाको फैसला सुनाएको हो । 

अदालतले बलात्कार गरेबापत पाँच वर्ष र अशक्तलाई बलात्कार गरेबापत पाँच वर्ष सहित ५० हजार क्षतिपूर्तीको फैसला सुनाएको हो । २०६७ साल चैत्र–६ गते मुलतबीमा राखिएको राई बिरुद्धको मुद्दाको विषयमा अदालतले पुनः २०७० साल माघ–१२ गतेदेखि प्रकृया अघि बढाएको थियो । 

बलात्कार गरेकामा राई बिरुद्ध २०६६ साल साउन–१८ गते मुद्दा दर्ता भएको थियो । पाँच वर्षदेखि फरार रहेका राईलाई पक्राउ परेको मितिदेखि कैंद भुक्तान सुरु हुनेगरी सजाय सुनाइएको जिल्ला अदालत खोटाङका श्रेष्तेदार भीष्म भट्टराईले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post