sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » शव पहिचानपछि आफन्तले जिम्मा लिए

मंसिर–२८, खोटाङको नुनथलामा फेला परेको बेवारिसे शव पहिचान भएको छ । शुक्रबार बिहान फेला परेको शव ऐसेलुखर्क–८ का ३५ वर्षीय बालकुमार खत्रीको रहेको प्रहरीले जनाएको छ ।

नागरिकताको कामका लागि सदरमुकाम दिक्तेल आउँदै गरेका खत्री नुनथला–८ को हुर्लुङ भीरमा मृत भेटिएका थिए । छारे रोगका बिरामी खत्रीको भीरबाट लडेर मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । 

हाल नवलपरासी बस्दै आएका खत्रीको शव जिल्ला अस्पताल खोटाङमा परीक्षणपछि आइतबार आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयले शुक्रबार बेवारिसे अवस्थामा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post