sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बालिका बलात्कार गर्ने युवाविरुद्ध मुद्दा दर्ता

पुस–१, स्थानीय १३ वर्षीया बालिकालाई बलात्कार गर्ने खोटाङका एक युवाविरुद्ध मुद्दा दर्ता भएको छ । सुस्त मनस्थिती भएकी १३ वर्षीया बालिकालाई बलात्कार गर्ने दिक्तेल नगरपालिका–८ का २३ वर्षीय ढाकमान राईविरुद्ध मुद्दा दर्ता भएको हो ।

गाउँमा भएको विवाह भोजमा गएकी बालिकालाई जबरजस्ती तानेर लगी बलात्कार गर्ने ढाकमान हाल फरार छन् । उनले बुधबार गाउँमा भएको विवाह घरबाट बालिकालाई तानेर लगी अर्को घरमा जबरजस्ती बलात्कार गरेपछि बालिका चिच्याउँदा स्थानीयले थाहा पाएका थिए । 

घटना भएपछि महिला मानव अधिकार रक्षक सञ्जालको सहयोगमा न्यायका लागि बालिका प्रहरीमा पुगेकी थिइन् । सञ्जालको सहयोगमा बलात्कृत बालिकाको आफन्तले पीडकमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्ती दिलाइ दिन माग गर्दै दिएको उजुरी छ दिनपछि सोमबार दर्ता भएको छ । 

घरमा अभिभावक नभएकी बालिका बलात्कृत भएपछि पीडकको आफन्तले घटना ढाकछोप गर्ने प्रयास गरेका थिए । उनीहरुले आर्थिक प्रलोभन देखाउँदै घटना सार्वजनिक नगर्न पटक–पटक घरमा आएर आग्रह गरेको पीडित बालिकाका आफन्तको भनाइ छ । 

पीडित बालिकाको आफन्तले दिएको उजुरीको आधारमा अनुसन्धान गर्दा बालिका बलात्कृत भएको खुलेकाले जबरजस्ती करणी महल अन्तरगत मुद्दा दर्ता गरेर प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अभियुक्त हाल फरार रहेकाले विभिन्न नाकामा प्रहरी परिचालन गरिएको छ, उसले जघन्य अपराध गरेकाले कुनै पनि हालतमा छुट पाउँने छैन ।”
घटना भएको हप्तादिन बितिसक्दा समेत प्रहरीले अभियुक्त पक्राउ नगरेको प्रति महिला मानव अधिकार सञ्जालले आपत्ती जनाएको छ । अभियुक्त गाउँमै डुलीरहँदा पनि प्रहरीले पक्राउ नगरेको सञ्जालको आरोप छ ।

पीडित बालिको स्वास्थ्य परीक्षणपछि गाउँ पठाइएको छ । उनको अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post