sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » लिच्कीराम्चेमा आयोजना गरिएको एकीकृत घुम्ती शिविर सकियो

मंसिर १६ । खोटाङको दक्षिणी गाविस लिच्कीराम्चेमा सञ्चालित तीन दिने घुम्ती शिविर सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका नागरिकलाई गाउँमै सेवा पु¥याउने उद्देश्यकासाथ शनिवारदेखि सुरु गरिएको एकीकृत घुम्ती शिविर सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालय खोटाङको समन्वयमा जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरुले संयुक्त रुपमा आयोजना गरेको घुम्ती शिविरबाट दक्षिणी क्षेत्रका सर्वसाधारण लाभान्वित भएका छन् । लिच्कीराम्चेको लक्ष्मी माविमा सञ्चालन भएको तीन दिने घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालयले दुई सय ३१ जनालाई नागरिकता वितरण गरेको छ भने, जिल्ला स्वास्थ्य कार्यालयले एक हजार पाँच सयको स्वास्थ्य उपचार गरेको छ ।

जसमा छ सय जनाको सामान्य स्वास्थ्य जाँच तथा प्रयोगशाला, ४५ जना आङ्खस्ने रोग भएका महिलाहरुको उपचार, पाँच सयको आँखा जाँच र चार सय ५५ जनाको दाँतको उपचार गरेको छ । शिविरमा महिला तथा बालबालिका कार्यालयले ३९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण गरेको छ । जिल्ला कृषि विकास कार्यालयले दुई सय २७ जनालाई एक हजार पाँचसय सेट बीउबिजन वितरण तथा कृषि मेला प्रदर्शनी गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयले ९६ जनाको फोटोसहितको मतदाता नामावली संकलन गरेको छ भने, जिल्ला पशुसेवा कार्यालयले चार सय दुई जनालाई पशुलाई औषधि वितरण तथा ३७ वटा कुकुरलाई रेविज बिरुद्ध खोप, जिल्ला मालपोत कार्यालयल डोरपास तथा नामसारी, जिल्ला आयुर्वेद कार्यालयले स्वास्थ्य परिक्षण र औषधि वितरण, विद्युत प्राधिकरण कार्यालयले महसुल बुझ्ने, जिल्ला विकास समितिले योजनाहरुको अनुगमन, शिक्षा कार्यालयले विद्यालय निरीक्षण र गुनासो संकलन गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिनुभयो । शिविरमा लिच्कीराम्चे–४ का ८६ वर्षीय बिन्द्रबहादुर राईले पहिलो पटक नागरिकता लिएका थिए ।

जिल्लाको दक्षिणी गाविस लिच्कीराम्चे, सिम्पानी, चिप्रिङ, इन्द्राणीपोखरी बराहापोखरी, खोटाङबजार, दिप्लुङलगायतका सर्वसाधारणलाई लक्षित गर्दै घुम्ती शिविरको आयोजना गरिएको थियो ।

यसैबीच, नेपाली सेनाको एक टोलीले खोटाङको दक्षिणी गाउँका सर्वसाधाण तथा विद्यार्थीहरुलाई बिष्फोटक पर्दाथ सम्बन्धी जानकारी गराएको छ । सदरमुकाम दिक्तेलस्थित मुढे ब्यारेकका प्रमुख रामवहादुर थापाले लिच्किराम्चेमा आयोजना गरिएको धुम्ती शिविरको अवसरमा लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी तथा अभिभावकहरुलाई अहिले प्रचलनमा रहेको बिष्फोटक पदार्थको बारेमा जानकारी गराउनु भएको हो ।

प्रमुख सेनानी थापाले उपस्थितहरुलाई शंकास्पद बस्तुहरु फेला परेमा नछोई सुरक्षाकर्मीहरुलाई खबर गरि जनधनको क्षेतिहुनबाट जोगिन अनुरोध गनुभयो । जानकारी गराउनेक्रममा बिभिन्न प्रकारका विष्फोटक पदार्थहरुको नमुनाहरु समेत प्रदर्शन गरेका थिए । सोहि कार्यक्रममा प्रमूख सेनानीले ब्यारेकको तर्फबाट लक्ष्मी माध्यमिक विद्यालय लिच्किराम्चेलाई भलिबल, नेट, व्याडमिन्टनलगायतका खेल समाग्री वितरण गरेको गर्नुका साथै दुइदिने शिविरमा स्वास्थ्य सेवा समेत प्रदान गरेको गणका जमदार सुमन कार्की बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post