sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » किराती मिथक चलचित्र ‘बिनायो’ हेर्नेको घुईंचो

मंसिर–२८, दिक्तेलको मुभिलेण्ड हाइभिजन हलमा किराती मिथकमा आधारित ऐतिहासिक चलचित्र ‘बिनायो’ हेर्नेको घुईंचो लागेको छ । रोशन राईद्वारा निर्देशित गायक तथा संगीतकार जितेन राईले निर्माण गर्नुभएको चलचित्र बिनायो हेर्न जिल्लास्थित राजनीतिक दल, प्रशासक, संस्कृतिप्रेमी लगायतको घुईंचो लागेको हो ।


प्राचीन किरात समुदायको ऐतिहासिक पृष्ठभूमिलाई आधार बनाएर निर्माण गरिएको चलचित्र बिनायोमा खोटाङका कलाकारहरुले अभिनय गरेका छन् । जितेन राईकै कथा, परिकल्पना, गीतसंगीत रहेको चलचित्रमा सन्ध्या सामपाङ, एलिसा साम्पाङ, कपिल वान्तवा लगायतका नयाँ कलाकारहरुको अभिनय हेर्न सकिन्छ । नेफ्टा अवार्ड प्राप्त गर्न सफल बिनायोको अधिकांश दृश्य खोटाङमै छायांकन गरिएका छन् । खोटाङको रुपाकोट, तुवाचुङलगायत पर्यटकीयस्थलहरुमा बिनायोको छायाँङकन गरिएको हो । 

खोटाङको खार्मी गाबिसको सोतीबाट छायांकन सुरु गरिएको बिनायोमा किरातीको आदिम पुर्खा मानिने तायामा खियामा (दिदी बहिनी) र हेच्छाकुप्पा (भाई) को मिथकलाई उतारिएको छ । किरात ऐतिहासिक पृष्ठभूमीकासाथै जिल्लाको पर्यटन प्रबर्धनमा टेवा पु¥याउने उद्धेश्यले निर्माण गरिएको चलचित्रले किराती र गैर–किराती दुबैको प्रशंसा बटुल्न सफल बनेको छ । फाईदाका लागि नभै चलचित्रको माध्यामबाट किराती इतिहाँस, संस्कार र संस्कृति संरक्षणकालागि बनाइएको निर्माण पक्षको भनाई छ ।

पुर्खाहरुले भोगिआएको जीबन र धानिआएको संस्कार पुस्तान्तरण गर्न चलचित्रले महत्वपुर्ण भुमिका खेल्ने भएकाले पनि चलचित्र उत्कृष्ट भएको सञ्चार अभियन्ता टंक थापाले बताउनु भयो । थापाको अनुसार बिनायो चलचित्र अर्गानिक स्वादको रहेकोले दर्शकको मनलाई जितेको हो । 

स्वार्थी बन्दै गईरहेको समाजमा जीवन जिउन पारिवारिक प्रेमको महत्व कति रहन्छ, कसरी जीवनलाई प्रेममय बनाउन सकिन्छ भन्ने कुरा समेत चलचित्रले दर्शाउने निर्माता जितेन राईले जानकारी भन्नुहुन्छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post