sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » डाँडागाउँलाई गोठेमल सुधारयुक्त गाविस घोषणा

मंसिर–१७, खोटाङको डाँडागाउँ गाविसलाई नेपालकै पहिलों गोठेमल सुधारयुक्त गाविस घोषणा गरिएको छ । 

कृषि वन तथा वातावरण समितिको आयोजनामा बुधबार गाविसलाई नेपालकै पहिलो गोठेमल सुधारयुक्त गाविस घोषणा गरिएको हो । 

गाविसका पाँच सय २५ घरका सबैले गाईभैसी राख्ने सिमेन्टको थला र गोबरमललाई घाम र पानीबाट बचाउँन छाना र बारको व्यवस्था तथा पशुमुत्र संकलन गर्ने व्यवस्था मिलाएपछि गाविसलाई गोठेमल सुधारयुक्त गाविस घोषणा गरिएको कृषि वन तथा वातावरण समिति डाँडागाउँका अध्यक्ष नीरलाल सिग्देलले जानकारी दिनुभयो । सिग्देलका अनुसार जिल्ला विकास समिति खोटाङ, किसान–किसान कृषि प्रशार कार्यक्रम र दिगो भू–व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिक सहयोग तथा कृषकहरुको सक्रियतामा गाविसलाई गोठेमल सुधार युक्त घोषणा गरिएको हो ।

गोठेमल सुधार गरिएपछि अन्नबाली उत्पादनमा वृद्धि, माटोको उर्वरा शक्ति कायम रहने, मानिसको स्वास्थ्यमा सुधार आउने र आर्थिक बचत हुने दिगो भू–व्यवस्थापन कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक पद्यमकिरण रानाले जानकारी दिनुभयो । रानाका अनुसार उक्त कार्यक्रम जिल्लाको २० गाविसमा सञ्चालन भइरहेको छ ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, गाविस सचिव, पत्रकार लगायतको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि एवम् सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईले गाविसलाई गोठेमल सुधारयुक्त गाविस घोषणा गर्नुभएको हो । डाँडागाउँ–४ स्थित महेन्द्रोदय उच्च माविको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि तथा सप्रजिअ राईले ब्यानर खोलेर कार्यक्रमको उत्घाटन गर्नुभएको थियो ।

‘गोठेमल सुधार गरौं, रासायनिक मल र किटनास विषादीमा भर नपरौं’ भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा बोल्ने वक्ताहरुले गोठेमल सुधार युक्त गाविस घोषणा गर्नु नै सबैभन्दा ठूलो कुरा नभइ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कार्यक्रममा विभिन्न कृषक समूहका प्रतिनिधिहरुले कृषि सम्बन्धी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post