sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » एसएएलजीपी परियोजना सञ्चालनमा सहमती

पुस–५, खोटाङमा स्वीस सरकारको सहयोगमा सञ्चालनको तयारी गरिएको स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना (एसएएलजीपी) सञ्चालनका लागि सहमती जुटेको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय सर्वपक्षीय बैठकबाट लामो समयपछि एक करोड १६ लाखको परियोजना सञ्चालन गर्न सहमती जुटेको हो । 

जिल्लाका दलबीच भएको वर्ष दिने लामो बिवादको अन्त्य भएसँगै आठ महिना ढिलागरी एसएएलजीपी परियोजना सञ्चालनका लागि बाटो खुलेको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनु भयो । गत वर्ष शिक्षाको भवन वितरण गर्नेक्रममा दुई ध्रुबमा बाँडिएका जिल्लाका दश राजनैतिक दलहरु परियोजनाको साझेदार संस्था छनौटमा पनि पक्ष र विपक्षमा उभिएर बिवाद गर्न थालेपछि परियोजना सञ्चालनमा अन्यौल सिर्जना भएको थियो । 

जिल्लास्थित राजनैतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला बिकास समिति र स्वीस सरकारका प्रतिनिधि सम्मिलित बैठकमा परियोजना सञ्चालनका लागि अन्तिम टुंगो लागेको बैठकमा सहभागी पुर्वसभाषद दुर्गाजयन्ती राईले बताउनु भयो । स्थानीय बिकास अधिकारीको संयोजकत्वमा जिल्लाका सबै राजनैतिक दलका प्रतिनिधि सम्मिलित अनुगमन समितिमार्फत परियोजना अनुगमनको व्यवस्था मिलाउने, अग्नुगमन समितिलाई जानकारी गराएर मात्र फिल्डमा परियोजनाका कार्यक्रम सञ्चालन गर्ने, भौतिक पुर्वाधारका कार्यक्रममा पनि परियोजनाको बजेट लगानी गर्न स्वीस सरकारलाई आग्रह गर्ने लगायतका सहमतीमा परियोजना सञ्चालनका लागि बाटो खुलाइएको पुर्वसभाषद राईले जानकारी दिनुभयो । ‘अन्यौलमा परेको परियोजना निर्वाधरुपमा सञ्चालन गर्ने सहमती बनेको छ,’ राईले भन्नुभयो, ‘बैठकमा जिबिस र स्वीसका प्रतिनिधिले परियोजना सञ्चानकाक्रममा गरेको कमजोरीलाई पनि स्वीकार गरेको छ ।’ 

सामाजिक बञ्चितिकरणमा परेका समूहको स्थानीय शासन प्रक्रियामा संलग्नता अभिवृद्धि गर्दै मागमा आधारित स्थानीय शासन प्रक्रिया सुदृढीकरण गर्ने उद्देश्यकासाथ जिल्लामा नेपाल सरकार र स्वीस सरकारको संयुक्त सहकार्यमा परियोजना सञ्चालन हुन लागेको हो । 

स्थानीय स्वयत्त शासन ऐन तथा नियमावली, विकेन्द्रीकरणको मर्म र भावना विपरित जिल्लामा परियोजनाको साझेदार संस्था छनौट गरिएको भन्दै एमाले बाहेकका दलहरुले बिरोध गर्दैआएका थिए । संबिधानसभाको दोश्रो निर्वाचनमा एमालेकातर्फबाट चुनावी प्रचार–प्रशारकाक्रममा खटिएका व्यक्तीको संस्थालाई परियोजनाको साझेदार संस्थाकारुपमा छनौट गरिएको आरोप लगाउँदै ९ दलले जिबिसको समन्वयमा तटस्थ र पारदर्शी ढंगले पुःन साझेदार संस्था छनौट गर्नुपर्ने अडान लिँदैआएका थिए । खोटाङमा परियोजना सञ्चालनको जिम्मा बालसेवा समाज नेपाल नेर्पाले पाएको छ । 

जिल्लामा परियोजना सञ्चालनकालागि गत चैत्र–४ गते परियोजनाका व्यवस्थापक विष्णुनाथ शर्मा र साझेदार संस्था बालसेवाका अध्यक्ष दिपनारायण रिजालविच द्विपक्षिय सम्झौतामा हस्ताक्षर भएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post