sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » बृहत कृषि मेला एवम् प्रदर्शनी सुरु

मंसिर–२८, खोटाङको सदरमुकाम दिक्तेलमा दुई दिने बृहत कृषि मेला एवम् प्रदर्शनी सुरु भएको छ । जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले आईतबारदेखि छैटौं कृषक दिवस तथा बृहत व्यवसायिक प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी सुरु भएको हो ।

जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवम् प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई थप प्रोत्साहित तथा पुरस्कृत गर्न कृषि मेला प्रदर्शनीको आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । कृषि मेला प्रदर्शनीमा विभिन्न प्रजातिका खाद्यबाली समुह, फलफुल समुह, तरकारी समुह, सागपात समुह, दलहन तथा तेलहन समुह, आलु समुह, मसला समुह, माछा, अलैची, उखु लगायत स्थानीय रैथाने जातका कृषि उपजका एघार स्टलहरु राखिएका छन् । 
खोटाङको सदरमुकाम दिक्तेलमा आयोजना गरिएको बृहत कृषि मेला प्रदर्शनीमा अन्नको अक्षरले लेखिएका होर्डिङ बोर्डको फोटो खिच्दै दर्शक । 
कृषि व्यवसायको सम्मान र प्रोत्साहनकालागि जिल्लामा बिगत छ वर्षदेखि कृषि दिवसको अवशरमा कृषि मेला प्रदर्शनीको आयोजना गरिदै आइएको छ । जिल्ला विकास समिति, कृषि बिकास कार्यालय लगायत एक दर्जन गैर–सरकारी संघसंस्थाहरुको संयुक्त आयोजनामा शुरु भएको कृषक दिवस तथा बृहत व्यवसायिक प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनी समापनको अवशरमा अघिल्लो वर्षहरुमा जस्तै जिल्लाका उत्कृष्ट पाँच कृषकलाई प्रतिव्यक्ति पाँच हजारका दरले पुरस्कृत गर्ने आयोजकले जनाएको छ । 

यस्तै, कृषि प्रदर्शनीमा विभिन्न बाली समुहमा पहिलो, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्ने कृषकलाई पनि पुरस्कृत गरिने जिल्ला कृषि विकास कार्यालय खोटाङका प्राविधिक सहायक कौशलकुमार यादवले जानकारी दिनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post