sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङ सेवा समाज दोहा कतारको अध्यक्षमा गुरुङ

पुस–१४, खोटाङ सेवा समाज दोहा कतारको अध्यक्षमा प्रकाश गुरुङ चयन हुनुभएको छ । दोहामा सम्पन्न समाजको आठौं अधिवेशनले गुरुङलाई अध्यक्षमा सर्वसहमतीले चयन गरेको हो । 

२१ सदस्यीय समितिको प्रथम उपाध्यक्ष तीलबहादुर खत्री, द्धितीय उपाध्यक्ष एकराज राई, महासचिव रुद्रप्रसाद आचार्य, सचिव कैलाश श्रेष्ठ, कोषाध्यक्ष दिल्लीशेर खड्का र सहकोषाध्यक्षमा लेख कार्की चयन हुनुभएको छ । छ जना पछि थप गर्ने निर्माण गरिएको सदस्यहरुमा पर्शुराम श्रेष्ठ, प्रेमबहादुर भुजेल, सविन तामाङ, वेदप्रसाद भट्टराई, किशोर भट्टराई, ईन्द्र श्रेष्ठ, जेवी राई र रविन शेर्पा रहनुभएको छ । 

खोटाङ सेवा समाज दोहा कतारको आठौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु सामूहिक तस्बिर खिचाउँदै ।  तस्बिरः रुद्रप्रसाद आचार्य

वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङ्गेहरुले “प्रवासको पसिना, स्वदेशको साकार सपना” भन्ने नाराका साथ २०५४ सालमा खोटाङ सेवा समाजको गठन गरेको थियो । उक्त संस्था स्थापनाका आधारमा कतारमा स्थापित अन्य नेपाली संस्थाहरुभन्दा जेठो सामाजिक संस्था भएको महासचिव रुद्रप्रसाद आचार्यले जानकारी दिनुभयो । 

समाजका पूर्व अध्यक्ष मणिप्रसाद आचार्यको सभापतित्वमा अधिबेशनमा विभिन्न संघसंस्थामा पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अधिवेशनमा समाजलाई स्थापनाकालदेखि हालसम्म योगदान पु¥याउने समाजका संरक्षक राम गुरुङ, सल्लाहकारहरु चन्द्रशेर राई, तीर्थसंगम राई र हरि बस्नेतलाई सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

समाजले जिल्लाको विकास निर्माण, गरीब तथा असाह्यलाई आर्थिक सहयोग, वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा अप्ठ्यारोमा परेकालाई आर्थिक तथा भौतिक सहयोग, शैक्षिक उन्नतिका लागि आर्थिक तथा भौतिक सहयोग लगायतका क्रियाकलाप गर्दै आएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post