sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » नापीद्धारा कम्प्यूटर प्रणालीबाट सेवा सुरु

पुस–४, जिल्ला नापी कार्यालय खोटाङले कम्प्यूटर प्रणालीबाट सेवा सुरु गरेको छ । सेवाग्राहीलाई छिटोछरितो तरिकाले सेवा प्रबाह गर्नका लागि नापी कार्यालयले जग्गाको नक्सा सम्वन्धी सम्पूर्ण काम कम्प्यूटर प्रणालीबाट सुरु गरेको हो । 

जिल्लामै एक साता प्रशिक्षण चलाएपछि कम्प्यूटरबाट जग्गाको कित्ताकाट गर्ने व्यवस्था मिलाएर नक्सा तथा फिल्डबुक दिन सुरु गरिएको नापी कार्यालय खोटाङका नापी अधिकृत हरिकृष्ण भुजुले बताउनु भयो । हालसम्म हातले लेखेर हातैले कोरेको नक्शा दिँदैआएको नापीले पहिलोपल्ट कम्प्यूटर प्रणालीबाट तयार पारिएको जग्गाको नक्शा दिन थालेको हो । 

हाल जिल्लाका ७६ गाबिसको नक्सा, सम्पूर्ण जग्गाको फिल्डबुकलाई कम्प्यूटरमा अद्यावधिकका काम भइरहेको नापी कार्यालयले जनाएको छ । परिक्षणकारुपमा सुरु गरिएको कम्प्यूटर डाटा सेवालाई माघदेखि पूर्णरुपमा लागू गरिने नापी अधिकृत भुजुले बताउनु भयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post