sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » छिमेकीको कुटाइबाट खड्गबहादुरको ज्यान गयो

पुस–१४, छिमेकीको कुटाइबाट खोटाङमा एक जनाको ज्यान गएको छ । बुहारीमाथि यौन दुव्र्यवहार गरेको भन्दै आफन्तले कुटपिट गर्दा दिक्तेल नगरपालिका–७ का ५६ वर्षीय खड्गबहादुर राईको ज्यान गएको हो ।

स्थानीय विश्वकर्मा थरकी एक महिलामाथि यौन दुव्र्यवहार गर्न खोजेको भन्दै उनकी आफन्तले शनिबार राती राईलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते बनेका राईको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजानेक्रममा सोमबार बाटैमा ज्यान गएको हो ।

मृत राईको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । राईलाई कुटपिट गरेलगत्तै स्थानीय ५४ वर्षीय अविबहादर विश्वकर्मा र ३७ वर्षीय होमबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।

खड्गबहादुरले यसअघि पनि सो महिलामाथि यौन दुव्र्यवहार गर्ने गरेको विश्वकर्मा परिवारले जनाएको छ । राई र विश्वकर्मा परिवारबीच हुने गरेका घटनाका विषयमा यसअघि पनि पटक–पटक मिलापत्र गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो ।

यो पनि पढ्नु होला ।

छिमेकीलाई कुटपिट गर्ने दुई जना पक्राउ


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post