sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » अख्तियारले छानबिन थालेपछि २४ शिक्षकको राजीनामा

पुस–२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यापन अनुमतीपत्रको विषयमा छानबिन थालेपछि खोटाङका २४ शिक्षकले राजीनामा दिएका छन् । 

आयोगले अध्यापन अनुमतीपत्रका बिषयमा छानबीन गर्न थालेपछि महिना दिनमै प्राबि तहका १८ जना, निमाबिका ५ जना र एक प्राबिधिकि प्रशिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताए । मंसिर–१ गतेदेखि २९ गतेभित्र मात्र २४ शिक्षकको राजीनामा आएको जिल्ला शिक्षा अधिकारी भट्टराईको भनाई छ । कतिपय पेन्सन भएका शिक्षकले राजीनामा दिएका छन् भने कतिपय प्रमाणपत्र नभएका शिक्षकले राजीनामा दिएको शिक्षाले जनाएको छ । 

कार्यालयका अनुशार गत सोमबारसम्मको समय सिमाभित्र राजीनामा दिने शिक्षकहरुमा अधिकांश राहत दरबन्दीमा काम गर्नेहरु छन् । ‘सर्टिफिकेट नभएकाको पनि राजीनामा आएको छ, भएकाको पनि राजीनामा आएको पाइएको छ,’ जिल्ला शिक्षा अधिकारी भट्टराईले भने, ‘यस सम्वन्धी बिस्तृत अध्यायन गर्न भने बाँकी नै छ ।’ नक्कली प्रमाणपत्रकाभरमा काम गरिरहेका कतिपय शिक्षकहरुले अझै पनि राजीनामा नदिएको सुचना आएको भट्टराईले बताए । 

अख्तियारले सामुदायीक बिद्यालयमा कार्यरत सबै तहका शिक्षकको शैक्षिक योग्यताको प्रमाणपत्र, नियुक्तीपत्र, स्थायी, अस्थायी, राहत, करार, सट्टा र अध्यापन अनुमतीपत्रको सक्कलप्रति खोजेपछि शिक्षक÷शिक्षीकाको राजीनामा आएको हो । आयोगको महाशाखा टंगाल काठ्माडौं र पुर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाले कार्तिक–२९ गतेभित्रमा कागजात संकलन गर्न भन्दै जिल्ला शिक्षा कार्यालयलाई असोज–५ गते पत्र पठाएको थियो । 

सुरुमा दिएको समयअवधि अपुग भएको भन्दै जिल्ला शिक्षा कार्यालयको आग्रहमा अख्तियारले पुःन मंसिरभरीका लागि शिक्षकको कागजात संकलन र छानबीन गर्ने समय थप गरेको थियो । जिल्लामा कार्यरत दुई हजार दुई सय शिक्षकको पाँच लाखप्रतिको हाराहारीमा संकलन हुने कागजात अध्यायनका लागि समय अपुग भएकाले थप महिना दिनको समय माग गरिएको जिल्ला शिक्षा अधिकारी भट्टराईले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post