sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » पर्यटन प्रबर्धनका लागि ‘नमस्ते खोटाङ’को तयारी

पुस–१, जिल्लाको प्रतिभा, कला संस्कृति र पर्यटन प्रवर्धनका लागि ‘नमस्ते खोटाङ–२०७१’को आयोजना गर्ने तयारी भएको छ । लुकेर रहेका प्रतिभाको खोज, लोप हुँदै गएको कला संस्कृतिको जगेर्ना तथा हलेसी, तुवाचुङ, रुपाकोट, टेम्के, बराहपोखरी लगायत पर्यटकीय स्थलको प्रवर्धनका लागि सगरमाथा जनसेवा समाज नेपाल अर्खौलेले ‘नमस्ते खोटाङ २०७१’को आयोजना गर्ने भएको हो । 



झण्डै हप्ता दिन सञ्चालन हुने कार्यक्रम पर्यटकीयस्थल हलेसी नजिक रहेको अर्खौलेस्थित सालपा चौंरमा हुने सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । ओझेलमा रहेका खोटाङको पर्यटकीय स्थल र सुन्दरताको प्रचार–प्रसार गर्दै खोटाङलाई पर्यटकको गन्तव्यकारुपमा विकास गर्न कार्यक्रमको अवधारणा अघि सारिएको कार्यक्रम संयोजक प्रकाश पुरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रममार्फत खोटाङ गन्तव्य बनाउन सहयोग पु¥याउने लक्ष्य लिएका छौँ, यहाँ रहेका प्रतिभा, कला, संस्कार संस्कृति तथा भेषभुषालाई समेत उजागर गर्न मद्धत पुग्ने हाम्रो अपेक्षा छ ।”

आगामी माघ–२० देखि २५ गतेसम्म सञ्चालन हुने कार्यक्रमका अवधिमा विभिन्न भेषभुषा, कलासंस्कृति र पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक तथा हाँस्यव्याङ्ग्य प्रहसन, नेवार समुदायको लाखे, किरा राई समुदायको साकेला, विभिन्न जातीय झाँकी प्रदर्शन, अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिता लगायतका कार्यक्रम तय गरिएको आयोजकले जानकारी दिएको छ । यस वर्षबाट सुरु ‘नमस्ते खोटाङ’लाई हरेक वर्ष निरन्तरता दिइने आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

कार्यक्रमको अवधिमा विशिष्ट अतिथि तथा कलाकारहरुलाई पर्यटकीय स्थल हलेसीको भ्रमण गराइने आयोजक समितिका सदस्य प्रमोद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नमस्ते खोटाङ समग्रमा खोटाङको महत्वलाई उजागर गर्ने माध्यम बन्नेछ, विविध जातजाती र भाषाभाषीबीचको आपसी भाइचारालाई थप प्रगाढ बनाउन पनि कार्यक्रमले सहयोग पु¥याउने छ ।’

करिब २६ लाख बराबरको आर्थिक लगानीमा आयोजना हुन लागेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा, राष्ट्रियस्तरका कलाकार लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post