sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » शिक्षक हित बचत तथा ऋण सहकारीको अध्यक्षमा यादवप्रसाद घिमिरे

पुस-१०, शिक्षक हित बचत तथा ऋण सहकारी लिमिटेड खोटाङको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

सदरमुकाम दिक्तेलमा बिहिबार सम्पन्न साधारणसभाले यादवप्रसाद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय शिक्षक हित बचत तथा ऋण सहकारी लिमिटेडको नयाँ कार्य समिति निर्माण गरेको छ । 

सहकारीको उपाध्यक्षमा शुशिला शर्मा, सचिवमा नबीन चामलीङ, सहसचिवमा मुना बस्नेत र कोषाध्यक्षमा किश्वर भण्डारी चयन भएका छन् । जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको साधारणसभाले मीनकुमार दाहालको संयोजकत्वमा पाँच सदस्यीय लेखा, शिबेन्द्रकुमार राईको संयोजकत्वमा शिक्षा, मेघनाथ घिमिरेको संयोजकत्वमा ऋण लगानी तथा परिचालन, मनकाजी राईको संयोजकत्वमा अनुगमन तथा निरीक्षण उपसमिति गठन गरिएको सचिव नबीन चामलीङले जानकारी दिनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post