sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » भवन जीर्ण बनेपछि कैदीबन्दीलाई समस्या

पुस–२, ठेकेदारको लापर्वाहीले जिल्ला कारागार शाखा खोटाङको भवन जीर्ण बनेपछि कैदीबन्दीलाई समस्या भएको छ । निर्माण भएको केही समय नबित्दै जग भासिएपछि सबै भवनहरु जीर्ण बनेको हो ।

९९ सय जना अटाउन सक्ने क्षमता रहेको कारागारको जीर्ण भवनमा क्षमता भन्दा बढि कैदीबन्दी राख्नुपर्दा व्यवस्थापनमा ठूलो समस्या भएको जेलर चित्राखर आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जीर्ण भवनमा हाल एक सय २१ जना कैदीबन्दी राखिएको छ, जसमा ७६ जना थुनुवा रहेका छन् ।’

कारागारको भौतिक संरचना जीर्ण भएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित निकायलाई ध्यानाकार्षण गराइ सकेको छ । कैदीबन्दीका लागि निर्माण गरिएको सौचालय त झनै काम नलाग्ने रहेको आयोगको उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख लोकनाथ घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सौचालय कामै नलाग्ने भएपनि यसप्रति कसैको ध्यान जान सकेको छैन, लामो समयदेखि उनीहरुको मानवअधिकार हनन् भएको छ ।’

कारागारको भवन निर्माणको ठेक्का ठेकेदार सम्भु घिमिरेले पारेका थिए । घिमिरेले सरकारी रेटभन्दा २५ प्रतिशत बढिमा ठेक्का लिएर भवन निर्माण गरेका हुन् । जिल्लाका ठेकेदारहरु सेवामुखीभन्दा पनि नाफा मुखी भएकाले यस्तो समस्या आएको राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसमा ठेकेदारको मात्रै दोष छैन, कर्मचारीहरु पनि यसको भागीदार हुनुपर्छ ।’

यातायात असुविधाका कारण जिल्लामा गुणस्तरीय सामाग्री ल्याउन नसकिएकाले गुणस्तरीय सेवा दिन नसकिएको निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष कुमार आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लामा गुणस्तरीय बालुवा तथा अन्य निर्माण सामाग्री छैन, काम पनि नगरी भएको छैन, त्यही भएर यस्तो समस्या आएको हो ।’

उता, प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले तत्काल सम्बन्धित ठेकेदारलाई पुर्नमर्मत गर्न निर्देशन दिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘ठेकेदारको लापर्वाहीकै कारण यस्तो भएको हो, उसैले पुर्नमर्मत गर्नुपर्छ ।’ 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post