sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » मिस राईको तेश्रो संस्करण माघमा हुने

पुस–७, मिस राई २०१५ को तेश्रो संस्करण आउँदो माघमा हुने भएको छ । किरात राई मौलिक कला संस्कृति केन्द्रको आयोजनामा नयाँ वर्ष यलेदोङ ५०७५ को अवसर पारेर आगामी माघ–१५ गते मिस राई हुन लागेको हो । 

मिस राईको पहिलो अडिसन पुस–१२ गते पूर्वाञ्चलमा र दोस्रो अडिसन पुस–१६ गते काठमाडौंमा गरिने आयोजकले जनाएको छ । दुबै अडिसनबाट छनौट भएका सहभागीबीच काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा अन्तिम प्रस्पिर्धा गराइने छ । मिस राईका विजेतालाई ५० हजार रुपैयाँ, प्रमाणपत्र सहित मिस राई अवार्ड प्रदान गरिने छ । 

राई समुदायमा तीन चुलाको विशेष भूमिका रहने भएकाले प्रतियोगिताको फस्र्ट, सेकेन्ड र थर्ड रनरअपलाई क्रमशः २०÷२० हजार, प्रमाणपत्रका साथमा वंशज चुलो, कुटुम्ब चुलो र समाज चुलोको आधारमा अवार्ड वितरण गरिने छन् । किरात दर्शनअनुसार मिस फोटोजेनिक (निनाम्मा), मिस डिसिप्लिन (हेन्खामा), मिस ट्यालेन्ट (सुम्दिमा), मिस फ्रेन्डसीप (बाखाम्मा), मिस बेस्ट ड्रेस (सारुमा), भ्युअर च्वाइस अवार्ड (तायामा) र मिस पर्सनालिटी (खियामा) लगायतका अन्य विशेष उपाधि समेतको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । 

मिस राईमा सहभागीलाई बौद्धिक व्यक्तित्वले व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिनेछन् भने किरात विद्वान्हरूबाट जातीय पहिचानसम्बन्धी जानकारी दिइनेछ । यसैगरी, किरात भूमि, ऐतिहासिक धरोहरको पदयात्रासँगै जातीय भेषभूषा, भाषा, धर्म र संस्कृतिबारे समेत प्रशिक्षण दिइने जनाइएको छ । आफ्नो कला, संस्कृति बिर्संदै गएका राई युवतीलाई साकेला नाच्न सिकाउँदै किराती बाजा सम्बन्धी जानकारी समेत गराइनेछ । 

मिस राईमा सहभागी हुने राई युवतीले एसएलसी उत्तीर्ण गरेको, १६ वर्षदेखि २६ वर्ष ननाघेको, अविवाहित र उचाइ ५ फिट हुनुपर्ने किरात राई मौलिक कला संस्कृति केन्द्रले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post