sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » छिमेकीलाई कुटपिट गर्ने दुई जना पक्राउ

पुस–१३, छिमेकीलाई कुटपिट गर्ने खोटाङका दुई जना पक्राउ परेका छन् । गएराती स्थानीय खड्गबहादुर राईलाई कुटपिट गर्र्नेे बाम्राङ–७ का ५४ वर्षीय अविबहादर विश्वकर्मा र ३७ वर्षीय होमबहादुर विश्वकर्मा पक्राउ परेका हुन् ।

राईले विश्वकर्मा थरकी एक महिलामाथि यौन दुव्र्यवहार गर्न खोजेको भन्दै उनीहरुले शनिबार राती कुटपिट गरेको प्रहरीले जनाएको छ । घाइतेको टाउकोमा गहिरो चोट लागेको छ । 

गम्भीर घाइते राईको जिल्ला अस्पताल खोटाङलमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । घाइते राईको अवस्था गम्भीर रहेको पारिवारिक स्रोतले जनाएको छ ।

खड्गबहादुरले यसअघि पनि सो महिलामाथि यौन दुव्र्यवहार गर्ने गरेको विश्वकर्मा परिवारले जनाएको छ । यसअघि उनीहरुबीच पटक–पटक मिलापत्र गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post