sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » युवा पुस्तालाई स्वदेशमै रोजगारी दिन कृषि फर्म सञ्चालन

पुस–१०, युवा पुस्तालाई स्वदेशमै रोजगारी दिन र कृषि पेशामा बढ्दै गएको बितृष्णालाई निर्मूल पार्ने उद्देश्यले जिल्लामा कृषि फर्म स्थापना गरिएको छ । जिल्लाको उत्तरी गाविस नेर्पा–३ का स्थानीय युवाहरुको सक्रियतामा भुलभुले नमुना कृषि फर्म स्थापना गरेका हुन् ।

वैदेशिक रोजगारीका कारण युवा पुस्ता विदेसीयपछि बाँझिएको चार सय रोपनी जग्गा युवाहरुले भाडामा लिएर स्थापना गरेको कृषि फर्ममा नौं जना युवाहरुले रोजगारी पाएका छन् । स्थानीय पाँच युवाहरुको संयुक्त शेयर लगानीमा स्थापना गरिएको फर्ममा हाल आठ वटा माउ भैंसी र ५० वटा बाख्रा पालिएको छ ।
स्थानीय युवाहरुले स्थापना गरेको भुलभुले नमुना कृषि फर्म उद्घाटन गर्नुहुँदै संविधानसभाका सदस्य विशाल भट्टराई (दाँया) ।
केही दिनमै २२ वटा भैंसी र दुई सयवटा बाख्रा पुर्याउने लक्ष्य राखिएको फर्ममा कुखुरा र माछा समेत लगाउने तयारी भइरहेको फर्मका निर्देश हरि लुईटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यस फर्मलाई निकट भविष्यमै कुखुरा र माछाको श्रोत केन्द्र बनाउने लक्ष्य लिएका छौं, ता कि जिल्लालाई आवश्यक माछामासु जिल्लामै उत्पादन गर्न सकियोस् ।”

बसाइ सरेकाहरुले छाडेका जग्गा १५ वर्षका लागि भाडामा लिएर स्थापना गरिएको फर्ममा दश वटा टनेल बनाएर तरकारी खेती समेत लगाइएको छ । कसैको आर्थिक सहयोगबिनै स्थापना गरिएको कृषि फर्ममा हाल ५० लिटर भैंसीको दुध उत्पादन भइरहेको छ । 

जिल्ला कृषि विकास कार्यालयको प्राविधिक तथा स्थानीय बालसेवा समाज नेपालको मरामर्श सहयोगमा स्थापना भएको कृषि फर्ममा हालसम्म ३० लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ । फर्ममा पालिएका भैंसी तथा बाख्राका लागि आवश्यक घाँस सोही ठाउँमा उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रजातिको घाँसका विरुवा समेत लगाइएको छ । 

गत जेठबाट सुरु गरिएको कृषि फर्म संविधानसभाका सदस्य विशाल भट्टराईले ब्यानर खोलेर उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सभाषद् भट्टराईले फर्मका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । 

सदरमुकाम दिक्तेलदेखि झण्डै दुई घण्टा पैदल हिँडेर पुगिने भुल्केमा स्थापना गरिएको कृषि उद्घाटन कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि,  पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरुले फर्मका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post