sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ‘मकर–बिष्णु बान्तावा राष्ट्रिय पुरस्कार’ लेखक भुइँदल राईलाई

पुस–१२, यस वर्षको बुङ्वाखा ‘मकर–बिष्णु बान्तावा राष्ट्रिय पुरस्कार’ लेखक भुइँदल राईलाई प्रदान गरिने भएको छ । 

‘बुङ्वाखा’ मासिकको बार्षिकोत्सवको अवशरमा हरेक वर्ष प्रदान गरिने २५ हजार राशीको सो पुरस्कारका लागि यस वर्ष लेखक राईलाई छानिएको सम्पादक पदम राईले जानकारी दिनुभयो । ‘वान्तवा राई शब्दकोश र केही अन्य पनि’ कृति लेखेवापत राईलाई ‘मकर–बिष्णु बान्तावा पुरस्कार’ दिने निर्णय गरिएको हो । 


‘बुङ्वाखा’ले बान्तवा गीति एल्बम ‘साकेन्वा’का लागि संगीतकार मनोज साङ्सोनकृतलाई १५ हजार राशीको ‘बुङ्वाखा संगीत पुरस्कार’, नियमित स्तम्भकार र तथा संबाददातालाई दिइने पाँच÷पाँच हजार राशीको ‘रनमायाँ–चेन्चेक्वा पुरस्कार’ सर्जक दिपक बान्तवा र जिडी राईलाई प्रदान गर्ने घोषणा गरिएको विज्ञाप्तीमार्फत जानकारी दिएको छ । यस्तै, ‘वान्तवा’ शव्दलाई पहिलोपटक आफ्नो नामथरमा जोडेर लेख्न सुरु गरेकामा पुर्वबागमती अञ्चलाधिस मकरबहादुर वान्तवालाई नागरिक अभिनन्दन गरिने सम्पादक राईले जानकारी दिनुभयो । उहाहरुलाई ‘बुङ्वाखा’ मासिकको दशौँ बार्षिकोत्सव तथा दशौँ ‘वान्तवा राष्ट्रिय कबिता प्रतियोगीता’को अवसरमा माघ–३ गते पुरस्कार तथा सम्मान प्रदान गरिने छ । 

यस्तै, ‘बुङ्वाखा’को बार्षिकोत्सवको अवशरमा आयोजना गरिने वान्तवा भाषाको कबिता प्रतियोगीताका बिजेता श्रष्टाहरुलाई ‘बुङ्वाखा–श्यामराज दुब्देहाङ राई पुरस्कार’ प्रदान गरिने जनाइएको छ । वान्तवा राई भाषामा प्रकाशित हुँदैआएको ‘बुङ्वाखा’ मासिकले हरेक बार्षिकोत्सवको अवशरमा लेखक तथा सर्जकलाई पुरस्कृत, सम्मान, कबिता प्रतियोगीता लगायतका कार्यक्रम गर्दैआएको छ । २०६१ सालदेखि काठ्माण्डौंबाट प्रकाशन सुरु भएको पत्रिका हालसम्म ११८ अंक प्रकाशित भइसकेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post