sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पत्रकार ‘श्यामकृष्ण–सुर्यकुमार’ बचाउ अभियान

पुस–९, नेपाल पत्रकार महासंघ शाखा खोटाङले पत्रकार ‘श्यामकृष्ण दाहाल–सुर्यकुमार क्षेत्री’ बचाउ अभियान थालेको छ । 

दुबै मृगौलाको समस्या भएका भोजपुरका पत्रकार श्यामकृष्ण दाहाल र ब्रेन ट्युमरका बिरामी स्याङ्जाका पत्रकार सुर्यकुमार क्षेत्रीको उपचारको सहयोगार्थ पत्रकार महासंघले ‘श्यामकृष्ण दाहाल–सुर्यकुमार क्षेत्री’ बचाउ अभियान थालेको हो ।

हाल उपचार गराइरहेका पत्रकारद्धयको सहयोगका लागि नवसम्बाद पाक्षिकका सम्पादक कृष्ण आचार्यको संयोजकत्वमा पत्रकार महासंघ, खोटाङखबर साप्ताहिक, हलेसी साप्ताहिक र रुपाकोट साप्ताहिकका सम्पादक तथा रुपाकोट एफएम र हलेसी एफएमका स्टेशन मेनेजर सदस्य रहेको ९ सदस्यीय पत्रकार बचाउ आर्थिक सहयोग संकलन समिति गठन गरिएको छ । 

महासंघको अगुवाईमा शुक्रबार बसेको बैठकले पत्रकार बचाउका लागि आर्थिक संकलन गरेर बिरामी पत्रकारलाई पठाउने तयारी गरिएको पत्रकार महासंघले जनाएको छ । पत्रकार दाहाल हाल काठ्माडौंमा र क्षेत्रीको भारत दिल्लीमा उपचार भइरहेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post