sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » घाँस काट्न गएकी महिला मृत फेला

मंसिर–२६, घाँस काट्न गएकी खोटाङकी एक महिला मृत फेला परेकी छन् । जिल्लाको दक्षिणी गाविस सावाकटहरे–३ की ३१ वर्षीया खुसमायाँ भुजेल बिहीबार साँझ मृत फेला परेकी हुन् । 

शारीरिक रुपमा अपाङ्ग रहेकी खुसमायाँ बिहान घाँस काट्न जङ्गल गएको पारिवारिक स्रोतले जनाएको छ । बिहान सबेरै उठेर घाँस काट्न भन्दै घरबाट हिडेकी उनी दिनभर घर नआएपछि खोजतलास गर्दा नागी भन्ने ठाउँमा मृत फेला परेको स्थानीयले जनाएको छ । 

घटनाको बारेमा यकिन जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । खरेलका अनुसार मृत खुसमायाँको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइदै छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post