sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » विभिन्न माग राख्दै व्यवसायीद्धारा जिविस र नगरपालिका घेराउ

मंसिर–२३, विभिन्न माग राख्दै चरणवद्ध आन्दोलनमा उत्रिएका जिल्लाका व्यवसायीहरूले जिल्ला विकास समिति र नगरपालिका घेराउ गरेका छन् । लामो समयदेखि नगर प्रमुख नहुँदा सडक, पुल लगायतका विकासे कार्यक्रम प्रभावित भएको भन्दै तत्काल नगर प्रमुखको व्यवस्था गर्न माग गर्दै मंगलबार जिविस र नगरपालिका घेराउ गरेका हुन् ।

खोटाङ यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ र उद्योग वाणिज्य संघ खोटाङका प्रमुख तथा प्रतिनिधि तथा नगरबासीले नारा जुलुससहित बजार परिक्रमा गर्दै जिविस र नगरपालिका घेराउ गरेका हुन् । उनीहरुले नगर प्रमुख विहीन दिक्तेल नगरपालिकामा तत्काल नगर प्रमुख उपस्थित गराउनु पर्ने, जयरामघाट–हलेसी–दिक्तेल सडक खण्डको काम तत्काल सुरुवात गर्नु पर्ने, जयरामघाटको पक्की पुल चाडो भन्दा चाडो निर्माण सम्पन्न गर्नु पर्ने, फोक्सिङटारमा ब्रेलिबृज चाँडो भन्दा जाँडो जडान गरी यातायात सञ्चालन गर्नु पर्ने, सदरमुकाम दिक्तेलमा टेलिकमले लाइन बिस्तार गर्दा भत्किएको सडक तत्काल बनाउनु पर्ने  लगायतका माग राखेका छन् । 
विभिन्न पाँच बुदे माग राख्दै जिल्ला विकास समितिको कार्यालय घेर्न पुगेका व्यवसायी । 

लामो समयसम्म नगर प्रमुख नआएपछि आक्रोसित व्यवसायीहरुले तत्काल नगर प्रमुख झिकाउन माग गर्दै आइतबार प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई भेटगरी ज्ञापन–पत्र बुझाएका थिए । व्यवसायीले बुझाएको ज्ञापन–पत्रमा भनिएको थियो, ‘माग पूरा नभए मङ्सिर–२२ गते कालोपट्टी बाधेर विरोध गर्ने, २३ गते जिविस र नगरपालिका घेराउ गर्ने, २६ गते दिक्तेल बजारमा नाराजुलुस गर्दै विरोध प्रदर्शन गर्ने, २७ गते दुई घण्टा यातायात बन्द गर्ने र २८ गते दिउसोदेखि सम्पूर्ण व्यवसाय ठप्प पारिनेछ ।’

घोषित आन्दोलनका कार्यक्रम अनुसार आफूहरुले जिविस र नगरपालिका घेराउ गरेको आन्दोलनमा सहभागी उद्योग वानिज्य संघ खोटाङका अध्यक्ष खुसनारायण सैंजूले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो साँकेतिक आन्दोलन मात्र हो, यदि हामीहरुको माग पूरा नभए जे पनि हुन सक्छ, त्यसबाट हुन जाने क्षति सरकारले व्यहोर्नुपर्छ ।’
आन्दोलनरत व्यवसायीलाई प्रमुख जिल्ला अधिकारी सापकोटाले कार्यकक्षमा बोलाएर आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । उहाँँले भन्नुभयो, ‘महिनादिन भित्र सम्पूर्ण माग पूरा गराउन लागी पर्नेछु, तत्कालका लागि आन्दोलन फिर्ता लिइदिनुस् ।’

प्रजिअ सापकोटाका अनुसार स्थानीय विकास मन्त्रालयले तत्कालका जिल्ला विकास समिति खोटाङका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश अधिकारीलाई नगरपालिकाको कार्यकारी अधिकृतको रुपमा तोकेर पठाएको छ । नगर प्रमुख कार्यालयमा हाजिर नभएसम्म वा अर्को व्यवस्था नभएसम्मका लागि अधिकारीलाई नगर अधिकृतका रुपमा ताकेको हो ।
यस्तै, जयरामघाट–हलेसी–दिक्तेल सडक खण्ड सरसफाईको काम पनि मंगलबारबाटै सुरु भएको छ । व्यवसायीको आन्दोलनपछि सम्वद्ध सडक आयोजनाले जयरामघाटदेखि मेशिन लगाएर सरसफाईको काम सुरु गरेको हो ।

गत जेठबाट सञ्चालनमा आएको दिक्तेल नगरपालिका हाल नाम मात्रको रहेको उनीहरुको आरोप छ । उनीहरुका अनुसार नगरपालिकामा नागरिकताको सिफारिस, पञ्जीकरणको काम र कर्मचारीले हाजिर गर्नमा मात्र सिमित रहेको पाइएको छ ।

नगर प्रमुख नभएपछि तलबभत्ता खान नपाउँदा आफ्नो गर्जो टार्न समेत समस्या भएको कर्मचारीहरुको गुनासो छ । उनीहरुले तत्काल नगर प्रमुख तोकेर पठाउनुपर्ने मन्त्रालय समक्ष माग समेत गरेका छन् ।

नगरपालिका सञ्चालनमा आएपनि नगरभित्रका सडक अव्यवस्थित छ भने, ढल, खानेपानी, बजार व्यवस्थापन, सार्वजनिक सौचालय, बसपार्क लगायतका योजनाहरु अलपत्र अवस्थामा छन् । बस पार्क नबन्दा बजार यरियाका सडकमा सवारी साधान राख्ने गरिएको छ ।


यो पनि पढ्नुहोला ।



यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post