sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » मलेसिया पुगेका एक नेपालीको सुतेकै ठाउँमा ज्यान गयो

पुस–१३, वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका खोटाङका एक युवाको सुतेकै ठाउँमा ज्यान गएको छ । जिल्लाको उत्तरी गाविस खार्मी–५ का २० वर्षीय सञ्जिप राईको शनिबार राती सुतेकै ठाउँमा ज्यान गएको हो । 

बेलुकाको खाना खाएर सुतेका राई बिहान मृत फेला परेको सोही ठाउँमा कार्यरत तुलाराम  तामाङले जानकारी दिनुभयो । दश महिनाअघि मलेसिया पुगेका राईको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । 

मलेसियाको जोहरबारुस्थित ईलेक्ट्रोनिक पम्पनीमा कार्यरत राई काठमाडौंको मोडेल ईन्टर प्राईजेज् कम्पनीबाट गत चैत्रमा मलेसिया पुगेका थिए । उनको के कारणले मृत्यु भएको हो भन्ने खुल्न बाँकी रहेको आफन्तले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post