sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » सुन्तला उत्पादनमा दश प्रतिशतले वृद्धि

पुस–१७, जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा दश प्रतिशतले वृद्धि भएको छ । गत वर्ष दुई हजार आठ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष बढेर तीन हजार दुई सय मेट्रिकटन उत्पादन भएको हो ।

सुन्तला खेतीका लागि उपयुक्त हावापानी र रोग नलागेकाले यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय खोटाङका प्राविधिक सहायक कौशलकुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष मात्रै जिल्लाबाट १५ करोड रुपैयाँ भन्दा बढि मुल्य बराबरको सुन्तला बाहिर निर्यात भएको छ, अन्य आन्तरिक बजारमा खपत हुने गरेको छ ।”

जिल्लामा अहिले प्रतिकेजी ४० देखि ६० रुपैयाँसम्ममा सुन्तला खरिद तथा बिक्री हुने गरेको छ । जिल्लामा उत्पादित सुन्तला सबैभन्दा बढि उदयपुरको बेल्टार हुँदै तराईका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ । 

पछिल्लो समय सुनकोसीमा पक्की पुल र दुधकोसीमा अस्थायी बेलीब्रिज हालिएपछि झनै अन्यत्र निर्यातमा सहज भएको छ । जिल्लामा उत्पादित सुन्तला ६५ प्रतिशत मात्र बजारसम्म पुग्ने गरेको कृषि कार्यालयले जनाएको छ ।

सुन्तला खेतीबाट यतिका धेरै आम्दानी भएपनि सरकारी निकायबाट उचित लगानी कृषकहरुको गुनासो छ । सरकारी लगानीबाट प्याकेजिङ, ग्रेडिङ, प्रसोधन र ढुवानीमा सहयोग भए थप उत्पादन गर्न सकिने कृषकहरुको भनाइ छ । 

जिल्लाको याम्खा, लामीडाँडा, टेम्मा, रतन्छा, मंगलटार, सल्ले, काहुले, राजापानी लगायतका गाविसलाई सुन्तला पकेट क्षेत्र मानिएको छ । तर, जिल्लाको २६ भन्दा बढि गाविसमा सुन्तला उत्पादन हुने गरेको छ ।

जिल्लाको आठ सय हेक्टर क्षेत्रफल जग्गामा सुन्तला खेती लगाइएपनि हाल सात सय ५० हेक्टर जमिनमा लगाइएको सुन्तलाले मात्र उत्पादन दिन थालेको छ । यस वर्ष दुई सय हेक्टर जमिनमा सुन्तलाको बिरुवा लगाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post