sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » अग्रगामी विद्यार्थी यूनियन खोटाङको अध्यक्षमा खम्बु

मंसिर–२३, अग्रगामी विद्यार्थी यूनियन खोटाङको अध्यक्षमा रबिन खम्बु सर्वसहमतीले चयन हुनुभएको छ । सदरमुकाम दिक्तेलमा सम्पन्न प्रथम जिल्ला अधिबेशनले खम्बुलाई अध्यक्षमा सर्वसहमतीले चयन गरेको हो । 

२७ सदस्यीय समिति रहेको जिल्ला कार्यसमितिको उपाध्यक्षमा एलबी मगर, सचिव अञ्जु राई, सहसचिव हिराधन राई, कोषाध्यक्षमा आस्ना राई रहनुभएको छ । ‘संघिय समाजवादी शिक्षा नीति पा्रप्तीको लागि मुख्य अभियान, अग्रगामी विद्यार्थी यूनियन नेपाल खोटाङको प्रथम ऐतिहासिक जिल्ला सम्मेलन’ भन्ने मूल नाराका साथ सम्पन्न अधिबेशनपछि सुम्निमा होटलमा पत्रकार सम्मेलनगरी नामावली सार्वजनिक गरेको थियो । 
अग्रगामी विद्यार्थी यूनियन खोटाङको प्रथम जिल्ला अधिबेशनपछि पत्रकार सम्मेलन मार्फत निर्वाचित पदाधिकारीको नामावली सार्वजनिक गर्दै
सदरमुकाम दिक्तेलमा दुई दिनसम्म चलेको अधिबेशनको उद्घाटन अग्रगामी विद्यार्थी यूनियनका  केन्द्रीय संयोकज विवेक राईले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा अग्रगामी विद्यार्थी नेपाल किरात राज्य समितिका अध्यक्ष सुवाष राई, संघीय समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य सनबहादुर राई, जिल्ला अध्यक्ष सुर्यबहादुर राई लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post