sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » गीत गाएर उपचार खर्च जुटाउँदै

पुस–१७, गाउँ–गाउँ डुल्दै गीत गाउनु, सुनाउनु गन्धर्ब जातीको पेशा नै हो । सारांगीको धुन र गीतको माध्यमबाट श्रोता र दर्शकलाई खुसी पारेर उनीहरु जीवन निर्वाहकालागि रकम जुटाउँछन् । तर, पश्चिम रोल्पा नुवा–६ का बीरबहादुर गन्धर्व भने जीवन निर्वाहका लागि मात्र गाइरहेका छैनन्, उनी आफ्नो आँखाको उपचारका लागि गाउँदै हिँडिरहेका छन् । 

दुबै आँखाले नदेख्ने बीरबहादुर बिग्रिएको नानी फेर्नका लागि आवश्यक रकम जुटाउन दाजु रामबहादुर गन्धर्बका साथ सारांगी रेटेर गीत गाउँदै गाउँ–गाउँ डुलीरहेका छन् । ८ वर्षको छँदा बिग्रिएको आँखाको उपचारका लागि दुई लाख जुटाउन गन्धर्व दाजुभाई पश्चिमबाट पुर्वी नेपालको खोटाङ आइपुगेका हुन् । ‘डाक्टरले दुई लाख जती उपचार खर्च भए आँखा देख्न सक्छौँ भनेको छ,’ बीरबहादुरले भन्नुभयो, ‘गुमेको ज्योती फर्काएर संसार देख्न सक्छु की भन्ने आशामा तपाईहरुको अगाडि आएको छु ।’ 
आँखाको उपचारका लागि खर्च जुटाउन दिक्तेल आइपुगेका बीरबहादुर गन्धर्व (बायाँ) 

दुई कक्षामा पढ्दैगरेका समय बीरबहादुर आँखा पाक्ने समस्याबाट थलिए । आँखा पाकेर सिकिस्त बनेका गन्धर्वको उपचारमा बोलाइएका धामीझाँक्रीले आँखामा जडीबुटी हालेर औषधोपचार गरिदिए । धामझाँक्रीको जडीबुटीले उनको आँखा निको हुनुको सट्टा बिराम अरु बल्झियो । केही समयपछि उनको आँखाको ज्योती गुम्यो र सँधैका लागि संसार अध्याँरो भयो । ‘पाकेको आँखामा धामीले जडीबुटी हालिदिए, निको हुने आशामा थियौँ,’ दाजु रामबहादुरले भने, ‘तर त्यसले उल्टै भाइको आँखाको ज्योती लग्यो, परिवारमै अँध्यारो छायो ।’ 

रामबहादुरका अनुशार भाई बीरबहादुरलाई नेपालगञ्जको अस्पतालले आँखा अस्पताल लाहान रेफर गरिदियो । बैसाखीको साहरामा लाहान आएका बीरबहादुरलाई अस्पतालले नानी प्रत्यारोपण गर्न एक लाख ८० हजार आवश्यक भएको बताएको छ । अस्पतालले भनेजती रकम जुटाउनका लागि गीत गाउँदै हिँडेको उनले बताउनु भयो । ‘फागुन–२२ गते आँखाको अप्रेशन गर्नुछ,’ रामबहादुरले भन्नुभयो, ‘त्यतीबेलासम्म आवश्यक रकम जुट्ने आशामा छौँ ।’ उपचार खर्च जुटाउनका लागि चार महिनादेखि घर छाडेको गन्धर्व दाजुभाईका भनाइ छ । उदपयुरको गाइघाट, कटारी, ओखलढुंगाहुँदै दिक्तेल आइपुगेका गन्धर्व दाजुभाईले भोजपुरतर्फ जाने बताउनु हुन्छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post