sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » संघीय पक्षधर दलको बन्दले जनजीवन प्रभावित

पुस–२७, संघीय पक्षधर राजनीतिक दलको बन्दले खोटाङको जनजीवन प्रभावित भएको छ । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय गठन्धनको बन्दले जिल्लामा सञ्चालित यातायात, शैक्षिक संस्था, बजारपसल तथा होटलहरु पूर्णरुपमा बन्द भएको छ । 

एकीकृत नेकपा माओवादी, संघीय समाजवादी, खम्बुवान राष्ट्रिय मोर्चा र नेपाल कम्यूनिष्ट पार्टीले गरेको बन्दले जिल्लामा सञ्चालित यातायातका सवारी साधन यताको यतै र उताको उतै थन्किएका छन् । कतिपय यातायातका सवारी साधन बिच बाटैमा अलफत्र अवस्थामा रहेका छन् । 

पहिचान सहितको संघीय संविधान निर्माणका लागि दबाब सृजना गर्ने उद्देश्यले जिल्लामा संघर्ष गर्दै आएको चार दलका नेता तथा कार्यकर्ता आइतबार बिहानैदेखि चोकचोकमा परिचालित छन् । उनीहरुले आव्हान गरेको बन्दको अवज्ञा गरेको भन्दै तीनवटा मोटरसाईकलको चाँबी कब्जामा लिएका छन् । 

३० दलीय गठबन्धनले आव्हान गरेको बन्दमा हालसम्म कुनै अप्रिय घटना नभएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँका अनुसार बन्दका क्रममा अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

संघीय पक्षधर राजनीतिक दलले बन्दका क्रममा आफ्नो जिल्लामा अप्रिय घटना हुन नदिन र जनधनको नोक्सानी हुन नदिन बिहिबार सबैसँग अग्रिम आग्रह गरेका थिए ।  ‘पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान’ निर्माणका लागि दबाब सिर्जना गर्न मुलुकभर क्रियासिल ३० दलीय गठबन्धनले किरात–खम्बूवान बन्दका क्रममा उनीहरुले सर्वपक्षीय छलफलको आयोजना गरी जिल्ला बन्दका लागि आग्रह गरेका हुन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post