sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » मुर्दाघरमा युवतीको शव फेला


पुस–२८, खोटाङमा एक युवती मृत फेला परेकी छिन् । नेर्पा–७ की २१ वर्षीया सपना राई दिक्तेल नगरपालिका–६ मा पर्ने छेपे खोलास्थित मुर्दाघरमा मृत फेला परेकी हुन् । 

खेतमा पानी हाल्न गएका स्थानीयले सोमबार बिहान मुर्दा घरमा युवतीको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनी दिक्तेल जान्छु भन्दै आइतबार घरबाट डिँडेकी आफन्तले जनाएको छ । 

मृत युवतीले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक यादव गौतमले बताउनुभयो । गौतमका अनुसार उनको साथमा एक वटा लेडिज ब्याग, मेटासिट र रेडबुलको खाली बट्टा फेला परेको छ । 

युवतीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । तीन वर्षअघि स्थानीय सञ्जीव राईसँग वैवाहिक बन्धनमा बाँधिएकी सपनाले के कारणले आत्महत्या गरेकी हुन् भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

उनको श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । उनीहरुको जयजन्म भने हालसम्म नभएको आफन्तले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post