sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » छितापोखरीका ४ र ५ वडा खुला दिशामुक्त घोषणा

पुस–२९, खोटाङको छितापोखरी–४ र ५ लाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । छितापोखरी–४ का ३१ र छितापोखरी–५ का २९ घरधुरीमा वाटरशील चर्पी निर्माण सम्पन्न भएपछि दुबै वडालाई संयुक्तरुपमा खुला दिशामुक्त वडा घोषणा गरिएको हो । 
‘छितापोखरीको सान, एक घर एक चर्पी हाम्रो अभियान’ भन्ने नारासहित मंगलबार नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष एबं पत्रकार खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका संयोजक दमन राई, गाबिस सचिव सोमप्रसाद आचार्य लगायतले खुला दिशामुक्त क्षेत्र घोषणा गर्नुभएको हो । सेल्मे नागरिक सचेतना केन्द्र र वडास्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको पहलमा वडालाई खुला दिशामुक्त घोषणा गरिएको सामाजिक परिचालक रबिना सुबेदीले बताउनुभयो । 

कार्यक्रममा पार्टीकातर्फबाट कांग्रेसका गाउँ सभापति अमृतबहादुर खड्का, खोटाङखबर साप्ताहिकका सम्पादक दिलीप खत्री, श्रीमाबि बाँसबोटे लफ्याङका शिक्षक राजकुमार खड्का, सरस्वती उच्च माबि सछितापोखरीका शिक्षक सुमन खड्का, जनचेतना प्राबि छितापोखरीकी प्रधानाध्यपक जीना शेर्पा, सेल्मे नागरिक सचेतना केन्द्रकी सदस्य पास्लाङदेबी शेर्पा लगायतले बोल्नुभएको थियो । कायक्रममा सरसफाई सम्वन्धी सडक नाटक तथा नृत्य प्रस्तुत गरिएको थियो । 

३९५ घरधुरी रहेको छितापोखरीलाई माघ–१५ गतेसम्ममा खुला दिशामुक्त गाबिस घोषणा गर्ने तयारी गरिएको छ । सामाजिक परिचालक सुबेदीका अनुशार गाबिसको १, ८ मा पनि चर्पी निर्माण भइसकेको छ भने, वडानम्बर २ मा चार घर, ३ मा पाँच घर, ७ मा दुई घर, ६ का ७ घर र वडानम्बर ९ मा आठ घरमा चर्पी निर्माण गर्न बाँकी छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post