sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » दिक्तेल नगरपालिकाद्धारा पाँच करोड बजेट बिनियोजन

माघ–१, नगरक्षेत्रको बिकासकालागि खोटाङको दिक्तेल नगरपालिकाले ५ करोड बढि बजेट बिनियोजन गरेको छ । भवन निर्माण, दमकल खरिद, भौतिक निर्माण लगायतलाई प्राथमिकता दिँदै नगरपालिकाले पुँजीगत तथा चालुतर्फ गरी कुल ५ करोड ४२ लाख ३९ हजार रुपैयाँ बजेट बिनियोजन गरेको हो । गत वर्ष ७ करोड ३१ लाख ४४ हजार बजेट बिनियोजन गरेको नगरपरिषदले यस वर्ष झण्डै २ करोड कम बजेट विनियोजन गरेको हो । 

बुधबार सम्पन्न दोश्रो नगर परिषदले नगरपालिकाको भवन निर्माणका लागि एक करोड, सामाजिक सुरक्षा कार्यक्रमका लागि ७७ लाख ९४ हजार, दमकल खरिदका लागि ६० लाख, प्रमुख पुर्वाधार निर्माणतर्फ ४५ लाख, क्याकहो, लोडर, सक्सन मेसिल, टिपर खरिदका लागि ३१ लाख २० हजार, सामाजिक आर्थिक भौतिक पुर्वाधारतर्फ २८ लाख ५४ हजार ४८६ बजेट बिनियोजन गरेको छ । यस्तै, सवारी साधन खरिदका लागि २५ लाख, प्रबद्र्धनात्मक कार्यक्रमतर्फ १९ लाख २ हजार ९९० लगायतका बजेट बिनियोजन गरिएको नगरपालिकाका कार्यकारी अधिकृत प्रकास अधिकारीले जानकारी दिनुभयो । परिषदले आर्थिक वर्ष २०७२÷०७३ को ४ करोड ४१ लख ६४ हजार बराबरको प्रस्ताबित आयब्यय प्रस्तुत गरेको छ । 

सुन्दर र संबृद्ध दिक्तेल नगरपालिका निर्माणको निम्ति ‘पहुँचवाला हैन बिपन्न र असहाय जनतालाई केन्द्रविन्दु’ मानेर कार्यक्रम अघि बढाइने नगरअधिकृत अधिकारीले बताउनु भयो । ‘नगरपालिकाको दिगो, दिर्घकालिन, सहभागीतामुलक र योजनाबद्ध बिकासका लागि आवधिक नगर बिकास योजनालाई प्राथमिकता दिइने छ,’ अधिकारीले भन्नुभयो, ‘नगर सडकलाई  दिगो, भरपर्दौ र वाताबरणमैत्री बनाउन नगर सडक गुरुयोजना बमोजिम काम अघि बढाइने छ ।’ 

परिषदले आगामी आर्थिक वर्षभित्र दिक्तेलबजारभित्र सडक बत्ती जडान गर्ने, नगर क्षेत्रभित्रका पर्यटकीय स्थलहरुको पहिचान गरि पर्यटन प्रवद्र्धनका काम गर्ने, नगरपालिका तथा अन्य निकायको साझेदारीमा सञ्चालन गरिने आयोजनाहरुकालागि समपुरक कोषको स्थापना गर्ने, नगर क्षेत्रलाई बालमैत्री बनाईने लगायतका कार्ययोजनाहरु पारित गरेको छ । नगरपालिकालाई सुन्दर बनाउन शहरी बिकास मन्त्रालयले तयार पारेको तथा नगर परिषदले स्वीकृत गरेको मापदण्ड अनुशार भवन निर्माण संहिता तथा आवश्यक निर्देशिका कार्यन्वयन गर्ने अधिकारीले बताउनु भयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post