sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » ड्रेगेन छुरी सहित दुई युवा पक्राउ

माघ–३, प्रहरीमाथि हातपात गर्ने खोटाङका दुई युवा ड्रेगेन छुरी सहित पक्राउ परेका छन् । माघेसंक्रान्ति मेला भर्न आएका स्थानीयलाई डरधम्की दिइरहेको अवस्थामा सम्झाउँदा उल्टै प्रहरीमाथि हातपात गरेको आरोपमा मात्तिम–७ का २४ वर्षका शक्ति राई र रतन्छा–५ का २४ वर्षीय समीर राई छुरी (नाइट भिजन छुरी) सहित पक्राउ परेका हुन् । 

रतन्छा–१ स्थित लामवती मेला भर्न आएका स्थानीयलाई डरधम्की दिइरहेको अवस्थामा उनीहरुलाई सम्झाउँदा सुरक्षार्थ खटिएका प्रहरी टोलीमाथि आइलागेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीक्षक यादव गौतमले बताउनुभयो । पक्राउ परेका शक्तिको साथबाट एक थान ड्रेगेन छुरी (नाइट भिजन छुरी) र एक थान खुकुरी बरामद गरिएको गौतमले जानकारी दिनुभयो । 

उनीहरु बिरुद्ध सार्वजनिक मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । विगतका वर्षहरुमा विभिन्न स्थानमा गुण्डागर्दी गरेको र प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका शक्ति हालसम्म फरार रहेका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post