sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन

 पुस–१८, खोटाङमा सामुदायीक बिद्यालय व्यवस्थापन समिति महासंघ गठन गरिएको छ । जिल्लाका सामुदायीक बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष, पदाधिकारी एबं अभिभाबकको भेलाले प्रतिमान राईको अध्यक्षतामा ९ सदस्यीय बिद्यालय व्यवस्थापन समिति महासंघ गठन गरेको हो ।

सामुदायीक बिद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय अध्यक्ष कृष्ण थापाको उपस्थितिमा गठन गरिएको महासंघको जिल्ला उपाध्यक्षमा बलराम रिजाल, सचिबमा लोकमणि रीजाल र कोषाध्यक्षमा छत्र कुमार बजिमय चयन भएका छन् । 

जिल्लामै पहिलोपल्ट गठन गरिएको महासंघको सदस्यमा सिता केसी, दिपबहादुर थापा, सागर राई, अर्जून कार्की र असोक आचार्य निर्वाचित भएका छन् । 

सामुदायिक विद्यालयमा सुशासन, विद्यालय शान्ति क्षेत्र अभियान र विद्यालय व्यवस्थापन समितिको क्षमता विकासका लागि महासंघ गठन गरिएको हो । महासंघले बिद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारका विषयमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने महासंघका केन्द्रीय अध्यक्ष थापाले बताउनु भयो । सामुदायीक बिद्यालयको खस्किँदो शैक्षिक गुणस्तर सुधारका लागि महासंघले विद्यालय व्यवस्थापन समितिको नेतृत्व बिकास, क्षमता अभिबृद्धि लगायतका संस्थागत सुदृढिकरणमा जोड दिने जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post