sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सरसफाई अभियान सफल पार्न गाउँ–गाउँमा पत्रकार

पुस–३०, खोटाङ जिल्लालाई आगामी चैत्र मसान्तभित्रमा खुला दिसामुक्त बनाउने अभियान सफल पार्न जिल्लाका पत्रकारहरु गाउँगाउँमा पुगेका छन् । जिल्लालाई खुला दिसामुक्त बनाउन प्रतिबद्धता जनाएको मिति नजिकिएपछि जिल्लाका पत्रकारहरु चर्पी आवश्यक्ता तथा महत्वसम्बन्धी सचेतना जगाउन गाउँ गाउँमा पुगेका हुन् ।  

समुह–समुहमा बिभाजित भएर विभिन्न गाविसका गाउँटोल डुलिरहेका पत्रकारहरुले अभियानले हासिल गरेको प्रगति, अभियानको चुनौति बुझ्दै गाउँ पुग्ने अभियानको  पहिलो चरणमा माघ मसान्तभित्रमा २४ गाविसमा पुग्ने नेपाल पत्रकार महासंघ तथा पत्रकार खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष दमन राईले बताउनुभयो । अभियानको क्रममा गाउँमा सरसफाई सम्बन्धी चेतानामा वृद्धि भएको पाइएको भएपनि सबैघरमा चर्पी निर्माण भने भैनसकेको अभियानमा सहभागि पत्रकारहरुको भनाइ छ ।

कतिपय परिवार आर्थिक समस्याका कारण चर्पी बनाउन नसक्ने अवस्थाका छन् भने कतिचाहिँ सरकारी सहयोगको आशा गर्दै चर्पी नबनाइ बसेका भेटिएका छन् । तथापी, चैत्र मसान्त अगावै आफ्ना गाविसलाई खुला दिसामुक्त बनाउने तयारीका साथ आफूहरु लागी परेको स्थानीयहरुको भनाइ छ ।

प्रायः दलित समुदाय चर्पी बनाउनमा पछि रहेको गाविसहरुमा खानेपानी तथा जग्गा अभावले पनि यो अभियानलाई अवरोध गरेको पत्रकारहरुले जनाएका छन् । गाउँमा रहेका सामाजिक परिचालक, महिला समुह, नागरिक सचेतना केन्द्र, वुद्धिजीवि, शिक्षक लगायतका समुह घरदैलो अभियानमा समेत जुटेका छन् । 

फागुन २५ गतेसम्ममा चर्पी निर्माण गरि खुला दिसामुक्त बनाउने लक्ष लिएको निर्मलिडाँडा गाविसलाई फागुन २५ र बाँझेच्यानडाडाँलाई फागुन मसान्तसम्म खुला दिसामुक्त बनाउने प्रतिबद्धता रहेको त्याहाँ पुगेका पत्रकार उजीर कार्कीले जानकारी दिनुभयो । अभियान सफल पार्न जिल्लाका सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुको भेलाले पत्रकार खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति (जेवाससीसी) गठन गरी अभियानमा लागेका हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post