sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » गजल लेखनका बिषयमा प्रशिक्षण

माघ–१७, खोटाङ गजल मञ्चले गजल लेखनका बिषयमा अन्तरक्रीयात्मक कार्यक्रम गरेको छ । गजल लेखनमा निखारपन ल्याउँदै गजल बिद्याको स्तरलाई अझ शसक्त बनाउनका लागि मञ्चले शनिबार दिक्तेलमा गजल लेखनका बिषयमा अन्तरक्रीया गरेको हो । 

गजल लेखनका बिषयमा एक आपसमा अनुभव साटासाट गर्दैै साझा बाटो पहिचान गर्नकालागि गजल लेखनका बिषयमा अन्तरक्रीयात्मक कार्यक्रम गरिएको खोटाङ गजल मञ्चका सचिव प्रमोद श्रेष्ठले बताउनु भयो । अन्तरक्रीयामा गजल बिद्यामा कमल चलाइरहेका २० श्रष्टाहरुको सहभागीता रहेको थियो । गजलको संरचना नै नबुझी लेख्ने बाढी चलेकाले यसमा सुधार ल्याउन अन्तरक्रीयाको आयोजना गरिएको सचिव श्रेष्ठले बताउनु भयो । ‘गजललाई नबुझी लेख्नेहरु श्रष्टाहरुको लहर चलेको छ, यसका संरचनाका बिषयमा जानकारी नलिइ लेख्नेहरुको भीढ उत्तिकै छन्,’ श्रेष्ठले भन्नुभयो, ‘गजलका बनौट र संरचनाका विषयमा जानकारी दिने हाम्रो लक्ष्य हो ।’ कार्यक्रममा खोटाङ गजल मञ्चका अध्यक्ष एबं प्राध्यापक शरण खत्री मृदुलले गजल, गजलको ऐतिहासिक पक्ष, यसका संरचना, शैली लगायतका बिषयमा कार्यपत्रमार्फत सहभागीलाई जानकारी गराएका छन् । 

 कार्यक्रमको पहिलो चरणमा गजल लेखनका बिषयमा अन्तरक्रीया तथा दोश्रो चरणमा सुन्ने सुनाउने कार्यक्रम सञ्चालन गरिएको थियो । दोश्रो चरणमा शरण खत्री मृदुल, रेखा क्षितिज, प्रमोद स्नेही, यूनिक सामपाङ, बोधराज पौडेल, सबिता भुजेल, हरिप्रसाद पाण्डे, धनीराम राई, नबिना रानामगर, पुष्पा सुबेदी, डेनीकला राई लगायतले आ–आफ्नो गजल सुनाएका थिए । अधिकांश श्रष्टाका सिर्जनामा मुलुकको राजनैतिक बिकृति बिसंगीप्रति आक्रोश र बितृष्णा पोखिएको थियो । 

खोटाङमा समय–समयमा साहित्यीक गतिबिधि सञ्चालन गर्दैआएको मञ्चले आगामी फागुन पहिलो हप्ता बृहत साहित्यीक कार्यक्रमको तयारी गरेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post