sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बजार जान्छु भन्दै हिँडेकी ललिता १७ दिनदेखि बेपत्ता

माघ–६, बजार जान्छु भन्दै घरबाट हिँडेकी खोटाङकी एक महिला १७ दिनदेखि बेपत्ता भएकी छन् । दिक्तेल नगरपालिका–८ की ४२ वर्षीया ललिता भण्डारी गत पुस–२० गतेबाट बेपत्ता भएकी हुन् । 

पुस–२० गते घरबाट हिँडेकी ललिता सदरमुकाम दिक्तेलबाटै बेपत्ता भएकी आफन्तले जनाएका छन् । घरमा भएको सामान्य विवादपछि उनी घरबाट हिँडेकी ललिताका श्रीमान गोविन्द भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गोरु बेच्ने विषयमा सामान्य विवाद भएको थियो, त्यही विषयमा हामीहरुको कुरा नमिलेपछि उनी घरबाट हिँडेकी हुन् ।” 

ललिता बेपत्ता भएपछि उनको दाजु डिल्लीराम खतिवडाले बहिनी बेपत्ता बनाउने ज्वाइ र सासुससुरालाई आवश्यक कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएका छन् । बहिनीलाई शारीरिक तथा मानसिक यातना दिएर घरबाट निकालेको भन्दै उनीहरुलाई दाजु डिल्लीरामले दश दिनपछि पुस–२९ गते कानूनी कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । 

जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि पुस–३० गते माइती र घर पक्षका राखेर प्रहरीले छलफल गराएको थियो । उक्त छलफलमा घर पक्षकाले २५ दिनभित्र खोजतलास गरेर ल्याउने समय मागेकाले उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । 

श्रीमान गोविन्द र सासुससुराले ललितालाई निर्घात कुटपिटगरी घरबाट निकालेपछि उनी बेपत्ता भएको छिमेकीबाट बुझिएको ललिताका काका मोतीप्रसाद खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, “बहिनी बेपत्ता भएको यतिका दिन बितिसक्दा समेत ज्वाइले कुनै चासो नदिएको देख्दा यसभित्र कुनै न कुनै रहस्य लुकेको छ, यसले हामी झनै चिन्तित बन्दै गएका छौं ।”    

देउरेनी गोमा भण्डारी र छिमेकी नन्द पर्ने कमला खतिवडासँगै दिक्तेल गएकी ललिता सदरमुकामबाटै बेपत्ता भएपछि गत पुस–२४ गते आफन्तले प्रहरीमा हुलिया दिएका थिए । भण्डारी दम्पतीको दुई छोरा र एक छोरी छन् ।                                

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post