sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » ट्रकको ठक्करबाट बालक गम्भीर

 माघ–१४, ट्रकको ठक्करबाट खोटाङमा एक बालक गम्भीर घाइते बनेका छन् । उदयपुरको गाईघाटबाट सदरमुकाम दिक्तेलमा सामान पु¥याएर फर्कदै गरेको ना ५ ख ६२५६ नम्बरको ट्रकको ठक्करबाट बुधबार महादेबस्थान–४ हलेसीका ६ वर्षीय निश्चल बस्नेत गम्भीर घाइते हुनुभएको हो । गम्भीर घाइते बस्नेतलाई सोलुखुम्बुको लुक्लाबाट हलेसी आउने बौद्धमार्गी ओसारी रहेका हेलीकोप्टरमार्फत टिचिङ अस्पताल काठ्माण्डौं पठाइएको हलेसीस्थित मारातिका गुम्बाका प्रतिनिधि पासाङ शेर्पाले बताउनुभयो । 

ट्रकको ठक्करबाट बस्नेतको टाउकोमा गहिरो चोट लागेको स्थानीय सिबी राईले जानकारी दिनुभयो । बालकलाई ठक्कर दिने ट्रकका चालक गाइघाटका नीरबहादुर माझीलाई भाग्नेक्रममा प्रहरीचौकी हलेसीका प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post