sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » ‘भ्वइस अफ खोटाङ’को ‘सांगीतिक कन्सर्ट’

माघ–१७, ‘भ्वइस अफ खोटाङ’को आयोजकले शुक्रबार दिक्तेलमा ‘सांगीतिक कन्सर्ट’ गरेको छ । ‘भ्वइस अफ खोटाङ’को चौथो अडिसनमा प्रबेश पाएका गायनका प्रतिभामार्फत आयोजकले कुमारी चलचित्र हलमा ‘सांगीतिक कन्सर्ट’ गरेको हो । कन्सर्टमा गत मंगलबार राती सम्पन्न तेश्रो अडिसनबाट ‘भ्वइस अफ खोटाङ’को चौथो अडिसनमा प्रबेश गरेका स्वरका प्रतिभाहरुले आ–आफ्नो कला प्रस्तुत गरेका छन् । 

आगामी फागुन–२ र ३ गते गरिने चौथो अडिसनका लागि अभ्यास स्वरुप कन्सर्ट आयोजना गरिएको ‘भ्वइस अफ खोटाङ’ आयोजक समितिका संयोजक दिपक ठटालले बताउनु भयो । शुक्रबार साँझ अबेरसम्म सञ्चालन भएको कन्सर्टमा जीबन्त राई, यसकुमार राई, बिनुशैली राई, युवराज राई, निशा राई, दिपसन राई, सुस्मिता राई लगायतले गीत गाए भने, हाँस्यकलाकार योगिन राईले पनि आफ्नो कला देखाएका थिए । 


गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाहरुको पहिचान, संबर्धन र बिकास गर्ने उद्धेश्यकासाथ गत मंसिर–२४ गते सुरु गरिएको ‘भ्वइस अफ खोटाङ–२०७१’मा सहभागी जिल्लाका ७ सय प्रतिभामध्येबाट तेश्रो अडिसनसम्म आइपुग्दा २७ जनाले चौथो अडिसनका लागि प्रबेश कार्ड पाएको आयोजकले जनाएको छ । ‘भ्वइस अफ खोटाङ’को फाइनल अडिसन फागुन–२३ गते दिक्तेलमै गरिने छ । 

‘समतामुलक समाज निर्माणका लागि सांगीतिक अभियान’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटाङको आयोजनामा ‘भ्वइस अफ खोटाङ’को आयोजना गरिएको हो । ‘भ्वइस अफ खोटाङ’को फाइनल अडिसनबाट छनौट गरिने स्वरका प्रथम, दोश्रो र तेश्रो बिजेतालाई नगद पुरस्कारका साथमा संगीत विद्यालयमा अध्यायन गर्ने र चलचित्रमा गीत गाउने अवशर समेत दिइने आयोजक समितिका सचिव मिलन चाहारले बताउनु भयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post