sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खानीडाँडा विमानस्थलमा कालोपत्रेको काम सुरु

माघ–९, जिल्लाको मनमायाँ राई खानीडाँडा विमानस्थलमा कालोपत्रेको काम सुरु भएको छ । चन्दा संकलन गरेर निर्माण गरिएको खानीडाँडा विमानस्थल नागरिक उड्यन प्राधिकरणको छ करोड ८० लाखको लागतमा कालोपत्रेको काम सुरु गरिएको हो ।

शेर्पा कन्ट्रकशन प्रालि काठमाडौंले जिम्मा लिएको कालोपत्रेको काम आगामी चैत्र मसान्तसम्ममा सकिने निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले धावन मार्गमा गिटी बिछ्याउने काम भइरहेको छ, यो विमानस्थल जिल्लाबासीका लागि सबैभन्दा नजिक पर्ने भएकाले पनि चाँडो सक्ने प्रयत्नमा छौं ।”

कालोपत्रेको काम सुरु भएसँगै खानीडाँडा विमानस्थलमा पाँच महिनाका लागि उडान बन्द गरिएको छ । उडान बन्द भएपछि जिल्लाबासीमा पर्न जाने समस्यालाई मध्यनजर गर्दै तत्काल काम सक्न ठेकेदारलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला अस्पताल खोटाङबाट रेफर गरिएका बिरामीहरु सबैभन्दा बढि कर्मामा पर्ने गरेका छन्, त्यसैले चाँडो भन्दा चाँडो काम सक्न निर्देशन दिएको छु ।”

उक्त विमानस्थलका लागि स्थानीयबासीले एक सय ९६ रोपनी जग्गा निःशुल्क दिएका छन् । जिल्लामा लामीडाँडा र थामखर्क विमानस्थल सञ्चालनमा भएपनि सदरमुकाम नजिक नभएकाले खानीडाँडामा विमानस्थल निर्माण गरिएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post