sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » छिमेकीको कुटाइबाट एक युवाको ज्यान गयो

पुस–२१, छिमेकीको कुटाइबाट खोटाङमा एक युवाको ज्यान गएको छ । स्थानीय पाँच÷छ जनाको कुटाइबाट काहुले–२ का २५ वर्षीय चन्द्रबहादुर कार्कीको ज्यान गएको हो ।

स्थानीय मिशन राईको घरमा शनिबार राती कुटिइएका कार्कीको आइतबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । निर्घात कुटिइएका घाइते कार्कीको शव आइतबार उसैको घर नजिकै धारामा फेला परेको स्थानीयले जनाएका छन् ।

मृत कार्कीको शव परीक्षणका लागि उदयपुरको गाईघाट पठाइएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । प्रहरीका अनुसार मृत फेला परेका कार्कीको शरीरमा निलडाम देखिएको छ । 

निर्घात कुटिइएका कार्की मृत फेला परेपछि स्थानीय पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कुटपिटमा संलग्न रहेको आशंकामा काहुले–२ का २५ मोहन खत्री, २० गोविन्द राई, २१ आइकम राई, १७ मिशन राई र २३ पुजन राईलाई पक्राउ गरेको हो । 

पक्राउ परेका पाँचै जनालाई अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय ल्याइदै गरिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका युवाहरुले कार्कीमाथि कुटपिट गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post