sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » सालपा विकास बैंकको निक्षेप साँढे १४ करोड

पुस–२६, जिल्लाबासीको सहकार्यमा सदरमुकाम दिक्तेलमा स्थापना गरिएको सालपा विकास बैंकले साँढे १४ करोडभन्दा बढि निक्षेप संकलन गरेको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारा सहित २०६९ साल साउन–३ गतेदेखि कारोबार सुरु गरेको बैंकले २०७० साल साउनदेखि २०७१ साल पुस–२४ गतेसम्ममा १४ करोड ४४ लाख २५ हजार ७१४ रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ । 

बैंकको शुक्रबार दिक्तेलमा आयोजित तेश्रो साधारणसभाको अवसरमा बैंकका कार्यकारी अधिकृत ईश्वरमान राईले बैंकको बचत निक्षेप १० करोड ७० लाख ९७ हजा ९४१, मुद्दती निक्षेप ३ करोड २ लाख ११ हजार ९८१ , चल्ती निक्षेप ४४ लाख ५३ हजार ७०५र कल खाता २६ लाख ६२ हजार ८७ रुपैयाँ पुगेको जानकारी दिनुभयो । गत मंसिर मसान्त सम्ममा सालपा बैंकले ९ लाख ६९ हजार ६५५ रुपैयाँ नाफा गरेको उहाँले बताउनुभयो ।
सालपा विकास बैंक खोटाङको तेश्रो साधारणसभामा उपिस्थत अतिथिहरु ।  

बैंकले यस अवधिमा जिल्लाका ४ हजार ४६ जना निक्षेपकर्ताहरुबाट निक्षेप संकलन गरेको र २४३ जनालाई ११ करोड ३४ लाख ६० हजार ६२१ रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले व्यापारिक कर्जा ५ करोड ६१ हजार ७१५, व्यक्तीगत कर्जा ५ करोड ४९ लाख ५२ हजार ९८१, बिपन्न वर्ग कर्जा ६५ लाख २० हजार ९२४ र धितोकर्जा १९ लाख २५ हजार कर्जा प्रबाह गरेको कार्यकारी अधिकृत राईले बताउनुभयो  । खोटाङका १२० जना सेयर सदस्यहरुको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी २ करोडको पुँजी लगानीबाट शुरु गरिएको बैंकले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुके लगायतका १० वटा बचत खाता, ८ किसिमका मुद्दती खाता र ९ किसिमका कर्जा तथा सापट विप्रेषणलगायतका सेवा प्रवाह गर्दै आएको छ । 

यस्तै, बैंकले आईएमई, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, वेस्टर्न युनियन, हुलास रेमिट, सेवा रेमिट, सि.जि. फिन्को, सिटी एक्सप्रेस, रिलायबल रेमिट, कुमारी रेमिट सेवा समेत प्रदान गर्दै आएको छ । ‘जनता बैंकमा होइन, बैंक जनतासम्म जानु पर्छ’ भन्ने अवधारणासहित बैंकले हलेसीमा शाखा बिस्तार गरिसकेको बैंकले जिल्लाका विभिन्न चार स्थानमा शाखा बिस्तार गर्ने लक्ष्य बनाएको छ । 

बैंकिङ पहुँच नपुगेका सर्वसाधारणलाई गाउँगाउँमा पुगेर सेवा प्रवाह गर्दै बित्तीय क्षेत्रमा आत्मनिर्भर बनाउने उद्धेश्यले सालपा विकास बैंकको स्थापना गरिएको हो । नेपाल राष्ट्र बैंकबाट ‘ख’ श्रेणीको इजाजतपत्र प्राप्त बैंकले स्वस्थ बैंकिङ प्रतिष्पर्धाबाट आकर्षक ब्याज प्रदान गरी संकलन भएको निक्षेप रकमलाई जिल्लाका व्यवसायी, उद्यमीहरुको व्यवसाय प्रवर्धनकालागि सुलभ व्याज दरमा कर्जा प्रवाह गर्दै आएको छ ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post