sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » बसपार्क निर्माणमा ढिलाइ हुँदा सडकमै पार्किङ

माघ–१८, बसपार्क निर्माणमा ढिलाइ हुँदा खोटाङमा सञ्चालित यातायातका साधन बिच सडकमै राख्नुपर्ने बाध्यता भएको छ । स्थानीय जग्गादाताले बसपार्क निर्माणका लागि जग्गा दिएपनि समयमा निर्माण नहुँदा यातायातका साधन बिच सडकमै राख्नुपर्ने बाध्यता भएको हो । 

बसपार्क निर्माणका लागि दिक्तेल नगरपालिका–४ सोल्मा र दिक्तेल–३ आचार्य गाउँमा स्थानीयले निःशुल्क ३५ रोपनी जग्गा दिएका छन् । स्थानीयले सोल्माका लागि २० र आचार्य गाउँका लागि १५ रोपनी जग्गा बसपार्कको नाममा पास गरिदिएका हुन् । जग्गा प्राप्त भएलगत्तै दुबै ठाउँमा बसपार्क निर्माणको काम थालिएको छ । यसका लागि जिल्ला विकास समितिले बजेट समेत बिनियोजन गरेको छ । तर, समयमा निर्माणको काम सम्पन्न नहुँदा यस्तो समस्या भएको हो ।

बसपार्क निर्माणमा सम्बन्धित निकायले चासो नदिएकाले ढिलाइ भएको राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले गर्दा यातायात व्यवसायी मात्र नभइ हामी सबै समस्यामा परेका छौं, सम्बन्धित निकायले गम्भिरताका साथ लिनुप¥यो ।” 
बसपार्क निर्माणमा ढिलाइ भएपछि रत्नपार्कस्थित बिच सडकमै पार्किङ गरेर राखिएको यातायातका सवारी साधन ।

यता, दिक्तेल नगरपालिका–२ का राजन केसी लगायतले बसपार्कका लागि आफूहरु निःशुल्क जग्गा दिन तयार रहेको बताउँदै आएका छन् । केसी भन्छन्, “हामीले यसअघि पनि दिन्छौं भनेकै हो, यदि बसपार्कका लागि आवश्यक छ भने प्रयाप्त जग्गा दिन्छौँ ।”

केसीका अनुसार रत्नपार्कस्थित मध्यपहाडि लोकमार्गमा पर्ने ग्यारेज मुनीको जग्गा बसपार्कलाई दिने प्रस्ताव आएको हो । उक्त जग्गा आफूहरुका लागि उपयुक्त भएको यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष गणेश शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाको दृष्टिले पनि उक्त ठाउँ उपयुक्त छ, हामीले भनेको ठाउँमा बस पार्क निर्माण गरिए संघको तर्फबाट ४० प्रतिशत खर्च ब्यहोर्न तयार छौं ।” 

यसबारे सर्वपक्षीय छलफलको तयारी गरिएको नगर अधिकृत प्रकाश अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुले दिने भनिएको जग्गा लोकेशनको आधारमा एकदमै पायक पर्ने ठाउँमा रहेको छ, तर यसअघि नै दुई÷दुई ठाउँमा बसपार्क निर्माणको काम थालिएकाले सर्वपक्षीय छलफल गर्नुपर्ने हुन्छ ।”

जिल्लामा एक सय १७ बस, २२ जीप, ५५ ट्याक्टर र ४५ ट्रक सञ्चालनमा छन् । सुनकोसीमा पक्की पुल र दुधकोसीमा अस्थायी बेलीब्रिज सञ्चालनमा रहेकाले अझै धेरै संख्यामा यातायातका साधन जिल्ला भित्रिन सक्ने व्यवसायीको भनाइ छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post